कृष्णमणी बराल
पोखरा, ९ फागुन/ अमेरिकामा म्यारीलयाण्डमा मार्च १ देखि ३ गतेसम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने भएका छन् ।
उनले त्यहाँ नेपालका लाटोकोसेरो तथा हुचिलसम्बन्धी डकुमेन्ट्री र फोटो प्रदर्शन गर्ने गरी छनोट भएका हुन् ।
नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर बनाएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचिलको उद्धार, उपचारका प्रयास, संरक्षण समस्या र चुनौतीबारे प्रदर्शन गर्ने बरालले जानकारी दिए ।
उनले महोत्सवमा ३ प्रजातिको लाटोकोसेरोको ‘फोटो स्टोरी’ प्रदर्शन गर्ने जानकारी दिए । लामो समयदेखि पोखरा रहेर पत्रकारीता गर्दै गिद्ध संरक्षण अभियानमा लागेका थिए ।
उनले यसबारे सामाजी सञ्जालमा यसरी जानकारी दिए ।
नेपालमा चरा लगायत वन्यजन्तु संरक्षणका लागि पछिल्लो समयमा भएका संरक्षण उत्सव, सचेतना कार्यक्रमले वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने सन्देश गाउँ गाउँ सम्म पुगेको छ ।
वन्यजन्तुको चोरी निकासी खुलम खुला हुने क्रम रोकिएको छ । सहरमा भालु लिएर हिँडेर पैसा उठाउने क्रम रोकिएको धेरै भएको छ । चरा बिक्री गर्न हिँड्ने जस्ता काम पनि अहिले निकै कम छ । सर्प टोकरीमा लिएर हिँड्ने र नचाउने क्रम पनि अहिले तोडिएको छ । वनका चरा घरमा ल्याएर पाल्ने क्रम पनि कम भएको छ ।
यसरी चरा बिक्री गर्नु गैह्कानुनी हो भन्ने सचेतना बढेकै कारण चरा लिएर हिँडेको देखेमा वन कार्यालयलाई खबर गर्ने क्रम सर्वसाधारणले गर्न थालेका छन् । घाइते चरा वन्यजन्तुको उद्धार गरेर संरक्षण कर्मी वा वन कार्यालयमा खबर गर्ने क्रम पनि बढेको छ ।
तर पनि संरक्षणमा चुनौती नयाँ नयाँ छन् । वन्यजन्तुको भित्र भित्र चोरी सिकारी, विदेश निर्यात हुने क्रम अझै पनि धेरै छ । नेपालमा १३ वर्ष देखि लाटोकोसेरो तथा हुचील संरक्षणकालागि नेपाल लाटोकोसेरो तथा हुचील उत्सव हुँदै आएको छ । ११ औँ संस्करणको लाटोकोसेरो तथा हुचील संरक्षण उत्सवको सन्दर्भ पारेर नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको भिडियो र नेपालमा लाटोकोसेरो तथा हुचीलको उद्धार, उपचार र प्रकृतिमा पुर्न फकाउने गरी व्यवस्थापनमा चुनौती समेटेर तीन प्रजातिका लाटोकोसेरो उद्धारका फोटो प्रदर्शनी अमेरिकाको मिनोसोटा प्रदेशको मिनोपोलिस सहरमा गर्दै छु ।
मार्च १ देखि ३ गते सम्म हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो संरक्षण उत्सवमा हुने फोटो प्रदर्शनी तथा भिडियो प्रदर्शनीले नेपालको चरा पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान रहेन विश्वास लिएको छु । मिनोसोटाम हुने भिडियो तथा फोटो प्रदर्शनीमा सहभागी हुनका लागि कार्यक्रम हुने मिनोपोलिस सहर नजिकै रहनु भएका र फुर्सद मिल्ने नेपाली दाजुभाइ, दिदी बहिनीलाई अनुरोध गर्दछु ।
यस महत्त्वपूर्ण भिडियो बनाउन विशेष सहयोग गर्नु हुने साथी अशेष शाक्य, राम गुरुङ, दिपेन्द्र पहारी, मधु अधिकारी, प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्य दाजु प्रति धेरै आभार छु । सहयोगी सबै मनहरूमा कृतज्ञ छु । कार्यक्रम सकाएर आएपछि यस विषयमा थप सेयर गर्ने नै छु ।
सबैमा धन्यवाद ।
कृष्णमणि बराल
पोखरा