समाचार

पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने

पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने
पोखरा, १६ भदौ/ पोखरामा भदौ अन्तिम साता तीज सांस्कृतिक महोत्सव हुने भएको छ । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले हरितालिका तीजको अवसर पारेर महिला प्रतिभा प्रतिष्पर्धा कार्यक्रम सहितको महोत्सव आयोजना गर्न लागेको आयोजक संस्थाकी अध्यक्ष कमला गिरीले जानकारी दिइन् । शनिबार पोखरामा पत्रकार सम्मेलन गरे भाद्र २५, २६ र २७ गते कोमागाने पार्क लेकसाइड पोखरामा सञ्चालन गरिने बताइन् ।महोत्सवको आकर्षणको रूपमा खेलकुद कार्यक्रम, तीज गीत प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, मौलिक भेषभुषा प्रदर्शनको आयोजना गरीने महोत्सवको संयोजक समेत रहेकी… पुरा पढौ

पेट्रोल, डिजेल र ग्यासँको मूल्य बढ्यो, पोखरामा मुल्य कति

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १४ भदौ/ नेपाल आयल निगमले बिहीबार राति देखी पेट्रोलियम पदार्थ र ग्यासँको मुल्य बढाएको छ । भदौ १५ गते देखी लागूहुने गरी निगमले पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेल र मट्टितेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासँको मूल्यमा प्रति सिलिण्डर १ सय ८६ रुपैयाले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७९ रुपैया ५० पैसा, दोस्रो वर्गमा १८१ र तेस्रो वर्गमा १८२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६७ रुपैया ५० पैसा,… पुरा पढौ

पोखरा छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र

पोखरा छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
पोखरा, १४ भदौ / भवनको अभिलेखिकरण गर्दा पोखरा महानगरपालिकाले नक्सा पास सरहको मान्यता दिन्छ कि दिंदैन भन्ने जिज्ञासा राख्दै पोखरा– ६ का वासिन्दाले महानगर प्रमुख धनराज आचार्यलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएका छन् । पोखरा महानगरपालिकाका वडा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईको हस्ताक्षर गरी वडावासिका तर्फबाट उक्त ज्ञापनपत्र बुझाइएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । वडा अध्यक्ष भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, होटल संघ र नागरिक समाजसहितका वडावासिको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा भवन अभिलेखिकरणका विषयमा मुख्य तीन वटा… पुरा पढौ

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु

पाल्पामा गुडिरहेको जिपमाथि पहिरो, पोखराका १ सहित ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ/ पाल्पाको जोर्तेमा सुख्खा पहिरा जादाँ स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय विनोद तिमिल्सिना, गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा र जिल्ला प्रहरी कार्यालय, गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते बालकसहित ८ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ । तानसेन रिडी सडक खण्डको जोर्तेमा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बिहान जीपको आदी… पुरा पढौ

मानवअधिकारवादी टेकनाथ बरालको निधन (को हुन् बराल)

टेकनाथ बराल
पोखरा, १२ भदौ/ वामपन्थी नेता एवं मानवअधिकारवादी नेता टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष समेत हुन् । सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताए । उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । उनको परिवारमा श्रीमती, छोरा, ३… पुरा पढौ

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु

पोखरा सभागृहचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु
पोखरा, ११ भदौ/ पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय एक युवतीको मृत्यु भएको छ । पोखरा पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो । बागमती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक तनहुँ जिल्लाको म्याग्दे गाउपालिका वडा नम्बर ४ की वर्षा कुमालको मृत्यु भएको हो । पोखरा सभागृहचोकमा गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी… पुरा पढौ

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना

कास्की माछापुच्छ्रे गाउँपालिकामा जीप दुर्घटना
पोखरा, १० भदौ/ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मर्दीपुल नजिकै बलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ७ जना सामान्य घाइते भएको प्रहरीको भनाई छ । माछापुच्छ्रे इदीखोलाबाट पोखरा आउदै गरेको ग ३ च ५८३८ नम्बरको बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो । जीप बाटोबाट करिब १५ मिटर तल खसेर रुखमा अल्झिएको थियो । पुरा पढौ

पोखराका उद्योगपति जीत प्रसाद द्धाको निधन

जीत प्रसाद द्धा
पोखरा, १० भदौ/ पोखराका प्रतिष्ठिन उद्योगपति तथा समाजसेवी जीत प्रसाद द्धाको निधन भएको छ । शनिबार भदौ ९ गते ९४ वर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा जितप्रसाद द्वा विगत लामो समय देखि चलचित्रको व्यवसाय, कपडा व्यवसाय लगाएतमा व्यवसायमा सक्रिए थिए । उनले पोखरामा सिनेमा घरको स्थापना गरी चलचित्र सम्बन्धि गतिविधिलाई बढवा दिन ठुलो योगदान छ । उनका अहिले पोखरामा मिडटाउन सिनेमा, विन्धवासीनि सिनेमा हल, श्रीकृष्ण हल, बाराही सिनेमा हल रहेका छन् ।… पुरा पढौ

ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत

ऋषिलीला पत्रकारिता पुरस्कारबाट रवीन्द्र माकाजू पुरस्कृत
पोखरा, ९ भदौ/ ऋषिलीला पत्रकारिता पुरस्कारबाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेन् । पोखरा वृद्धाश्रमबाट सञ्चालित पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन्… पुरा पढौ

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई
पोखरा, ८ भदौ/ पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुवहादुर भट्टराईले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा शुक्रबार सम्बोधन गर्दै देशमा आर्थिक संकट बढ्दै गएको बताए । नेपालले संघियता धान्न नसक्ने बताउदै प्रदेश सरकार खारेज गर्नु पर्ने बताए । अध्यक्ष भट्टराईले लेकसाइडमा घर भाडा र सटर भाडा घटाउनु पर्ने बताए । पर्यटक नआएपछि व्यापार घटेका कारण सटरहरु खाली हुनबाट जोगाउन भाडा घटाउनु पर्ने बताए ।… पुरा पढौ