समाचार

पोखरामा भारतीय राजदूतावासको आयोजनामा योग शिविर (फोटो फिचर)

योग शिविर
पोखरा, ६ जेठ/ पोखरामा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासको आयोजनामा योग शिविर भएको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा पोखरा रंगशालामा शिविर भएको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भारतीय दूतावासको यो दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे । पोखरा र गण्डकी प्रदेश पर्यटकीय केन्द्र भएको भन्दै उनले यहाँ धार्मिक पर्यटक समेत उसैगरी आकर्षण गर्न सकिने भनाई थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरण

अन्तर्राष्ट्रिय विमान
पोखरा, ५ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण ग¥यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी सहित पोखरा आएका छन् । चीनको सिचुवान प्रान्त बाट उडेको २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको छ । शुक्रवारदेखि पोखरामा हुने… पुरा पढौ

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम
पोखरा,४ असार / पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् । ‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरुको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ । अध्यक्ष प्रजापति नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै थिए । सोही कार्यक्रममा बोल्दै नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक… पुरा पढौ

मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई

मिस एसइई २०२३ को उपाधी सुहाना हिराचनलाई
पोखरा, ३ असार/ मिस एसइई २०२३ को उपाधि सुहाना हिराचनले जीतेकी छन् । पोखरामा शनिबार भएको प्रतियोगिको फाइनलमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । त्यसै गरी स्मृति ताम्राकार फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र जसिका गुरुङले दर्शकको रोजाईको उपाधि जितेका छन् । पुरा पढौ

पोखराको सेदीमा करिब १ अर्बको लागतमा दोर्जे रिर्सोट एण्ड स्पा

दोर्जे रिर्सोट एण्ड स्पा
पोखरा, ३ असार/ पोखरा महानगरपालिका १८ सेदीमा पर्यटनलाई लक्ष्त गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनमाको तयारीमा छन् । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा तयारीमा छ । पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न नयाँ अवधारणा सहित रिसोर्ट सञ्चालनको तयारीमा छ । उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षीत गर्ने गरी आजबाट बुकिङ लिने र असार ६ गते देखी सञ्चालनमा ल्याउने तयारी रहेको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए । अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा… पुरा पढौ

शिव शिखर र इमेज सहकारी विरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह

शिव शिखर र इमेज सहरकारी विरुद्ध उजुरी दिन कास्की प्रहरीको आग्रह
पोखरा, २ असार/ शिव शिखर बहुउद्देश्यीय सहरकारी र इमेज बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । कास्की प्रहरीले शुक्रबार सूचना जारी गरी सहकारी संस्थाका पदाधिकारीले सेयर सदस्यको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो । सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाणको सक्कल लिई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहरकारीको… पुरा पढौ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने २ जना मानिस पक्राउ
पोखरा, १ असार/ पोखरा महानगरपालिका वडा नम्बर १० अम्मरसिंहचोक नागिनटोल शिवमन्दिर नजिक वरपरका मानिसहरुलाई नक्कली सुन देखाई सक्कली सुनका गरगहना र नगद लुट्ने २ जना पक्राउ गरेको छ । जेठ ५ गते ठगि गरेको सुचना पाए पछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलिले जेठ ३२ गते पक्राउ गरेको हो । पोखरा महानगरपालिका २६ अर्घौचोकमा शंकास्पद अवस्थामा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० कोगटीका ४४ बर्षिय बिमल तामाङ र मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा… पुरा पढौ

गण्डकीमा भौतिक पूर्वाधारमा ११ अर्ब १६ करोड बजेट, टुक्रे योजना कटौति

जीतप्रकाश आले
पोखरा, १ असार / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो । आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ मा अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) मा चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखरामा हुने बोट रेस प्रतियोगितामा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । पुरा पढौ

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी
पोखरा, १ असार/ पोखराको फेवातालमा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिभलमा हुने डुंगा रेसका लागि चिनियाँ ड्रागन डुंगा ८ वटा पोखरा आइपुगेको भने प्रतियोगितामा भाग लिन आउनेहरु आउने क्रम शुरु भएका आयोजकले जानकारी दिएका छन् । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहआयोजनाकामा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेका पोखरामा शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखराको फेवाताल किनार क्याम्पिङ… पुरा पढौ