समाचार

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई

‘प्रदेश धान्न सकिदैन खारेज गरौं’, ‘सटर भाँडा घटाउनु पर्दछ’– वडा अध्यक्ष भट्टराई
पोखरा, ८ भदौ/ पोखरा महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुवहादुर भट्टराईले प्रदेश सरकार खारेज गर्नु पर्ने बताएका छन् । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको २९ औं वार्षिक साधरण सभा शुक्रबार सम्बोधन गर्दै देशमा आर्थिक संकट बढ्दै गएको बताए । नेपालले संघियता धान्न नसक्ने बताउदै प्रदेश सरकार खारेज गर्नु पर्ने बताए । अध्यक्ष भट्टराईले लेकसाइडमा घर भाडा र सटर भाडा घटाउनु पर्ने बताए । पर्यटक नआएपछि व्यापार घटेका कारण सटरहरु खाली हुनबाट जोगाउन भाडा घटाउनु पर्ने बताए ।… पुरा पढौ

पोखरामा जुवाखेल्दै गरेका ७ जना पक्राउ, ४ लाख ४७ हजार नगद बरामद

जुवा तास
पोखरा, ७ भदौ/ पोखरामा जुवाखेल्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ मा रहेको लक्ष्मी होटलको ग्राउण्ड फ्लोरमा जुवा खेली रहेको बेला प्रहरी नगद ४ लाख ४७ हजार ८० सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीले जानकारी दिए । होटल सञ्चालक ईन्द्र बहादुर हिराचन सहित मुस्ताङका मोहन थकाली, नबिन प्रसाद थकाली, पोखरा ८ का शंकर ज्वारचन, पोखरा ९ का महेन्द्रपुलका गुन्ज हिराचन, पोखरा १० रामबजारका राजु गुरुङ र दल बहादुर हिराचनलाई पक्राउ गरेको जोशीले… पुरा पढौ

प्रशोधित पानीमा लेउ भेटिएपछि पोखराको एक पानी उद्योग शिल

प्रशोधित पानीमा लेउ भेटिएपछि पोखराको एक पानी उद्योग शिल
पोखरा, ७ भदौ/ प्रशोधित गरिएको मिनरल वाटरमै लेउ भेटिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पानी उद्योग नै बन्द गरेको छ । पोखरा महानगरपालिका–१८ भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग शिल गराएको हो । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा पुगेको अनुमगन टोलीले हालका लागि उद्योग शिल गराएर मौज्दातमा रहेका पानी बिक्रीमासमेत रोक लगाएको छ । नेपा फ्रेसले मुलको शुद्ध पानी भनेर बोत्तल र जारमा बिक्री गर्दै आइरहेको छ । भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले… पुरा पढौ

तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

दुर्घटना
एजेन्सी, ७ भदौ/ तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए । बस राति अन्दाजी एक बजे दुर्घटनामा परेको हो । घाइते १७ जनाको हेटौँडा… पुरा पढौ

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना (को को थिए बसमा नामावली)

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु
पोखरा, ६ भदौ/ काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना हुर्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेर अस्पताल गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लगिएको छ । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । प्रदेश… पुरा पढौ

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना, ८ जनाको मृत्यु
पोखरा, ६ भदौ/ काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङमा दुर्घटना हुर्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन । घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेर अस्पताल गरेको छ । जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं लगिएको छ । काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो । प्रदेश… पुरा पढौ

पत्रकार एलिजाको निधन

रोशनी क्षेत्री (एलिजा)
पोखरा, ५ भदौ / पत्रकार रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । पोखरामा रहेर पत्रकारीता गर्दै आएकी उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो । सोमबार जाल्पारोड स्थित घरमा शरीरमा आगो लागेर जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो । गण्डकी मेडिकल कलेजमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ६७ प्रतिशत उनको शरिर आगोले जलेको थियो । उनले विगत… पुरा पढौ

मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
मुग्लिन, ४ भदौ/ मुग्लिन– नारायणगढ सडक खण्डमा अहिले सम्म कै ठुलो पहिरो गएको छ । मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण यो सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो । ठूलो पहिरो झरेकाले पन्छाउन कम्तिमा दुई दिन लाग्ने प्रहरीको भनाई छ । सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएका छन् । पहिरो करिब ७ सय… पुरा पढौ

गण्डकीका भौतिक मन्त्री जुग्जालीको १०० दिनः ट्याक्सी मिटरमा चले

रेशमबहादुर जुग्जाली
पोखरा, ४ भदौ/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १०० दिनको उपलब्धी सार्वजनीक गर्दै रुग्न आयोजनाको संख्या घटाएको बताएका छन् । बैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुग्जालीले सोमबार पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गरे । उनले निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाए बताए । उनले आफु मन्त्री हुदाँ ४७ वटा आयोजनाको काम रोकिएकोमा ३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्काएको बताए । उनले १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउने प्यास भएको उनको… पुरा पढौ

पोखरा न्यायिक समितिमा उजुरी बढ्दो,  १७० विवाद, १५ मेलमिलापबाट समाधान

पोखरा न्यायिक समितिमा उजुरी बढ्दो,  १७० विवाद, १५ मेलमिलापबाट समाधान
पोखरा, भदौ ४ गते / न्यायिक समितिमा विवाद दर्ता गर्ने क्रम बढेको छ । सरकारले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेसंगै न्यायिक समितिहरुमा विवाद दर्ता बढेको हो । स्थानीय तहका विवादलाई स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको  हो । नेपालको संविधानको धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ । न्यायिक समितिले स्थानीय तहमा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था रहेको छ  सोही व्यवस्था अन्र्तगत पोखरा महानगरपालिका… पुरा पढौ