पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु, उत्पादनलाई पर्यटन संग जोड्पर्दछ- मन्त्री धनराज गुरुङ

-


     क्लिक गण्डकी     
     भाद्र २५ गते २०८० मा प्रकाशित


पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु

पोखरामा तीज सांस्कृतिक महोत्सव शुरु

पोखरा, २५ भदौ/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन संग जोड्न सके देश विकास हुने बताएका छन् । पर्यटन विकास महिला संघ (टेवान) ले पोखरामा आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको उनको भनाई छ ।

तीजलाई स्थानीय उत्पादन संग जोड्ने प्रयास नै बदलियो परम्परा बन्न थालेको बताए । कार्यक्रममा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन् । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खांचो भएको बताए । पोखरा पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए ।

मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिए । टेवानकी अध्यक्ष कमला गिरीले पोखरामा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले तीज सांस्कृतीक महोत्सव गरेको बताइन् । सोमबारबाट शुरु भएको महोत्सव भदौ २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा चल्ने छ ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्यालीको समेत आयोजना गरिएको थियो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ । महोत्सवमा विभिन्न सांस्कृतीक कार्यक्रम, विभिन्न गायक गायिकाको सांगितक प्रस्तुतीका साथै तीज गीत प्रतियोगिता हुने छ ।



Tags: