समाचार

गण्डकी विश्वविद्यालयले र आविष्कार केन्द्र बनाएका ८ थरी मेसिन सार्वजनीक

गण्डकी विश्वविद्यालयले र आविष्कार केन्द्र बनाएका ८ थरी मेसिन सार्वजनीक
पोखरा, १९ असार/ शिक्षणसँगै अनुसन्धान, अन्वेषण र आविष्कारलाई अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक उपयोगी मेसिनहरु निर्माण गरे सार्वजनीक गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र सगँको सहकार्यमा विश्वविद्यालयले आविष्कार केन्द्रमा घाँस टुक््रयाउने मेसिन, गोबर पेल्ने मेसिन, कोदो ठटाउने मेसिन, सोलार ड्रायर, दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण गरेको छ । विश्वविद्यालयको आविष्कार केन्द्रले ८ वटा मेसिनहरु निमार्ण गरी बजारमा जान तयार भएका छन् । केन्द्रले किसानलाई दैनिक जीवनमा उपयोगी हुने घाँस टुक्य्राउने मेसिन, गोबर पेल्ने मेसिन, बादर… पुरा पढौ

रेवानको फुड एण्ड वेभरेज सम्बन्धि तीन दिने तालिम, सिकेका कुरा व्यवहारमा लगाउ

रेवानको फुड एण्ड वेभरेज सम्बन्धि तीन दिने तालिम, सिकेका कुरा व्यवहारमा लगाउ
पोखरा, १९ असार/ खानेकुराका परिकारलाई अझ स्वस्थकर र गुणस्तरीय सेवा दिने उद्देश्यले रेवान पोखराले तीन दिने तालिम दिएको छ । रेवानमा आवद्ध सदस्यहरुका रेष्टुरेष्टमा कार्यरत ३० जनालाई तालिम प्रदान गरेको हो । रेवान पोखराको आयोजना, नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा फुड एण्ड वेभरेज सम्बन्धि तालिम प्रदान गरेको हो । समापन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका निमित्त प्रमुख नविन पोख्रेलले दक्षता हाँसिलका लागि तालिम महत्वपूर्ण रहने बताए । पर्यटन क्षेत्रमा दक्ष कामदार भए मात्रै पर्यटकलाई स्तरिय सेवा प्रदान गर्न… पुरा पढौ

एसइईको नतिजा प्रकाशन गर्ने तयारी गर्दै बोर्ड

एसइई
पोखरा, १९ असार/ राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनले असार तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने तयारी गरीरहेको बताए । हतारमा नतिजा प्रकासन गर्दा त्रुटी हुने सम्भावना भएकाले सकेसम्म त्रुटी नहुने गरी गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको शर्माले बताए । उनले… पुरा पढौ

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा, जग्गाको मुल्यांकन नबढ्ने

पोखरा महानगरपालिकाका साविक लेखनाथका वडाध्यक्ष एकठाँउमा, जग्गाको मुल्यांकन नबढ्ने
लेखनाथ, १८ असार/ पोखरा महानगरपालिका वडा नं. २६ देखी ३३ का वडाध्यक्षहरुले यस क्षेत्रको जग्गाको मुल्यांकन नबढाउने सहमति गरेका छन् । वडा नं. २६ को कार्यालयमा सोमबार भेला भएका वडाध्यक्षहरुले मालपोत कार्यालय लेखनाथले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्ताव गरेको जग्गाको मुल्यांकन यथावत राख्ने सहमति गरेका हुन । मालपोत कार्यालय लेखनाथका प्रमुख नारायण ढकालले आर्थिक बर्ष २०८०/०८१ का लागि लेखनाथ क्षेत्रका जग्गाहरुको बर्गिकरण र मुल्यांकनका बिषयमा धारणा राखेपछि वडाध्यक्षहरुले जनतालाई मर्का पर्ने गरी मुल्यांकनमा संसोधन गर्न नहुने सुझाव दिएका… पुरा पढौ

फेवा जोगाउन प्रधानमन्त्रीलाई राष्ट्रिय सम्पदाको आग्रह

फेवा जोगाउन प्रधानमन्त्रीलाई राष्ट्रिय सम्पदाको आग्रह
पोखरा, १६ असार/ मानवीय र प्राकृतिक अतिक्रमण झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न भने पनि कार्यान्वयन भएको छैन । पोखराको मुख्य प्राकृतिक सौन्दर्य फेवाताल जोगाउन शनिबार राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको छानबिन समिति संयोजक विश्वप्रकाश लामिछाने लगायतले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका… पुरा पढौ

राष्ट्रिय समन्वय परिषदको बैठकः हामी बदलिएपछि प्रणाली बलिन्छः प्रधानमन्त्री दाहाल

राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकः हामी बदलिएपछि प्रणाली बलिन्छः प्रधानमन्त्री दाहाल
पोखरा, १६ असार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् । शनिबार पोखरामा आयोजित राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले संघीयताको मर्म र यसको दीर्घकालीन महत्व बुझनुपर्ने बताए । उनले जति छिटो र राम्रो कार्यसम्पादन गरेर जनतालाई सेवा दिन सक्यो त्यति नै मात्रामा संघीयताबाट लाभ लिन सक्ने बताए । उनले संघीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण नभएको बताए । उनले… पुरा पढौ

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई १७ बुँदे साझापत्र बुझाए

मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई १७ बुँदे साझापत्र बुझाए
पोखरा, १५ असार/ पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे माग राखेका छन् । अन्तर प्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् । उनीहरुले तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामती ऐन लगायतका कानुन ल्याउनुपर्ने, प्रदेश सरकारको कार्यालयहरु रहेका भवन र भवन परिसरको जग्गाको स्वामित्व प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका माग राखेका छन् । साझा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसबारे संघीय सरकारमा छलफल हुने बताए । बैठकको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा नै… पुरा पढौ

जन्मगाउँ पुगेर अन्तरक्रिया गरे प्रधानमन्त्री प्रचण्ड

जन्मगाउँ पुगेर अन्तरक्रिया गरे प्रधानमन्त्री प्रचण्ड
पोखरा, १५ असार/ अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्म गाउँ पुगेर जनतासँग अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां २ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो। सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं २ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ उडान शुल्क बढ्यो

प्याराग्लाइडिङ
पोखरा, १५ असार/ पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेटमा वृद्धि गरेको हो । प्रतिउडान ८ हजार पाँच सय रुपैयाँ शुल्क रहेकोमा बढेर १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । उक्त शुल्कमा बीमा रकम, यातायात खर्च र पाइलटको खर्च सहित रहेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा… पुरा पढौ

मुग्लिन–नारायणगढ सडक तत्काल खुलाउन कठिन, वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडक पहिरो तस्बिरः विनोद श्रेष्ठ
पोखरा, १५ असार/ पहिरो खसिरहे पछि मुग्लिन–नारायणगढ सडक तत्काल खुलाउन कठिनइ भएको छ । बिहीबार दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन । प्हिरो गएपछि अवरुद्ध सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु… पुरा पढौ