‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८० मा प्रकाशित


‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा

‘अन्ली चोकोफन’ नारासहित चोकोफन बजारमा

पोखरा, १ असोज/ नेपालको अग्रणी कन्फिक्सनरी कम्पनी सुजल फुड्स प्रालिको उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरू गरेको छ । ’अन्ली चोकोफन’ भन्ने सन्देश सहित विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र मौलिक चकलेट वेफर हो । कम्पनीले यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमा बस्न सफल वेफर रहेको दाबी छ । विज्ञापन अभियान मार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ’अन्ली चोकोफन’को साथले मात्र पूर्णता मिल्छ भन्ने सन्देश दिएको छ ।

चोकोफनको नयाँ विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्चालमार्फत प्रवाह गरिएको छ । बालबालिकाहरूले यस विज्ञापनलाई वास्तविक बाल्यकालसँग चित्रण गर्ने कम्पनीले विश्वास लिएको छ । उनीहरूको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरूलाई नै समेटेर अन्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ ।

चोकोफन विगत चार दशकदेखि उत्कृष्ट कन्फिक्सनरी उत्पादन गर्दै आएका आइएसओ मान्यताप्राप्त कम्पनी सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादन हो । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । क्रिप्सी र क्रन्ची वेफरमा उत्कृष्ट चकलेट क्रिमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै स्वादिष्ट छ ।



Tags: ,