पोखराको फिर्के पुल पाँच वर्षमा पनि बनेन, फेरी म्याद थप

-


     क्लिक गण्डकी     
     असाेज ५ गते २०८० मा प्रकाशित


पोखराको फिर्के पुल पाँच वर्षमा पनि बनेन, फेरी म्याद थप

पोखराको फिर्के पुल पाँच वर्षमा पनि बनेन, फेरी म्याद थप

सागर राज तिमिल्सिना
पोखरा, ५ असोज/ पोखराको मध्ये भागबाट बग्ने फिर्के खोला माथि पुल बन्न लागेको पाँच वर्ष पुग्दा पनि बन्न सकेको छ्रैन । साढे दुई वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पनि बनेको छैन । पुल साँघुरो हुदाँ बेला बेलामा दुर्घटनाहरु हुने गरेका छन् ।

पोखरा ४ र ५ जोड्ने फिर्के पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीयहरु बताउ छन् । पोखरा–बागलुङ राजमार्ग अन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बनेपनि पुल भने दुई लेनको छ । पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजारको लागतमा निमार्ण हुने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले ठेक्का सम्झौता भएको थियो । तर अहिले सम्म पनि पुल निमार्ण सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थप गर्दै २०८१ बैशाख सम्म पाएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर शहनशिला कायस्थले जानकारी दिइन् ।

निमार्ण कम्पनील २०७५ सालबाट काम थाले पनि अहिले सम्म ३० प्रतिशत मात्र काम सकेको उनको भनाई छ ।
सडक ६ लेन पुल २ लेनको हुँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् । ६ लेनको सडकमा २ लेनको पुलबाट ओहोरदोहोर गर्दा पुल साँघुरो हुदाँ दुर्घटनामा पर्ने गरेका हुन् । फिर्के पुलमा आउँदा कतिपयले नियन्त्रण गुमाएर दुर्घटना हुने गरेको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल बताए ।

पहुँचका आधारमा उल्टै निमार्ण कम्पनीले पटक पटक म्याद थपिँदै आएको छ । महालेखा परीक्षकको कार्यालयले समेत पटक पटक ताकेता गरे पनि पुल निर्माण ढिलाइ हुँदै आएको छ । नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेबल पुल डिजाइ गरीएको छ । पुल बन्ने आशामा बसेका पोखरेली समयमै पुल नबन्दा निराश बनेका छन् भने सडक दुर्घटना बढेका छन् ।



Tags: