नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८० मा प्रकाशित


नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

काठमाडौं, १ असोज/ पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे देखी मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएकाले राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए ।

सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरिने बताए ।

सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न आग्रह गरिएको छ । निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।