समाचार

माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव

माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव
पोखरा, २० माघ/ पोखरा महानगरपालिका २३ चापाकोटमा माघ २० गते देखी तेस्रो चापाकोट होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । माघ २८ गते सम्म चल्ने महोत्सवमा स्थानीय कला संस्कृतलाई महत्व दिएको छ । महोत्सवमा पन्चेबाजा प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, बालनृत्यु प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता लगाएतको हुने महोत्सवका संयोजक भिम पराजुलीले जानकारी दिए । महोत्सवमा स्थानीय रुपमा नै बनाएको चम्रेलि पिङ, खरिखोला झरना, हट्एयर बेलुन, हर्पन खोलाको माछा लगाएतका आक्रर्षण रहेको उनले बताए । राष्टियस्तरका कलाकारको विषेश प्रस्तुतिहरु रहेका छन्… पुरा पढौ

गण्डकी प्रदेशसभाबाट दुई अध्यादेश पारित

गण्डकी प्रदेशसभा
पोखरा, १९ माघ/ गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले दुईवटा विधेक अध्यादेश पारित गरेको छ । गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो । पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले पूर्व प्रदेश सभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गरेका थिए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका… पुरा पढौ

पोखरामा १३ वर्षीया किशोरी मृत फेला

पोखरा, १९ माघ/ पोखरामा १३ वर्षीया किशोरी मृत फेला परेकी छिन् । पोखरा ६ लेकसाइडमा रहेको तालबाराही माविमा पढ्दै गरेकी किशोरी हिजो साँझ करिब ७ बजे घरमा मृत फेला परेकी हुन् । घर मै झुन्डिएको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए । उनी तालबाराही माविको कक्षा ७ मा पढ्दै आएकी थिइन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरा—बाग्लुङ राजमार्गमा दैनिक ८ घण्टा यातायात बन्द हुने

पोखरा—बाग्लुङ राजमार्गमा दैनिक ८ घण्टा यातायात बन्द हुने
पोखरा, १९ माघ/ मध्यपहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नितको काम शुरु गरेको छ । (शहित थिरबम योगन्द्रमान मार्ग) पोखरा—बाग्लुङ राजमार्ग अन्तर्गत पोखराको हरिचोकदेखी याम्दीपुलसम्मको सडक स्तरोन्नितको कामका लागि ८ घण्टा बन्द गरेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न… पुरा पढौ

पोखराका कांग्रेस नेता अमृत श्रेष्ठको निधन

अमृत श्रेष्ठ
पोखरा, १८ माघ/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको मंगलबार निधन भएको छ । सोमबार बेलुका बिरामी भएपछि मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएकोमा मंगलबार साँझ उनको निधन भएको हो । पोखरा महानगरपालिका १ सिम्पानीका ४७ वर्षिय श्रेष्ठ बिरामी भएपछि अस्पताल लगिएको थियो । सोमवार साँझ करिब ६ बजेतिर साथीहरुसहित नालामुख नजिकै एक रेष्टुरेन्टमा खाजा खान बसे लगत्तै उनले टाउको दुख्यो भनेको र त्यसपछि सामान्य बान्ता गरेपछि बाथरुममा गएका थिए । बाथरुमबाट नफर्किएपछि हेर्न जाँदा… पुरा पढौ

गायक नितेश जंग कुँबरको माघ २० मा पोखरा लाइभ कन्सर्ट

नितेश जंग कुँबर
पोखरा, १७ माघ/ गायक नितेश जंग कुँवर फेरि सांगीतिक क्षेत्रमा फर्किएपछि पोखरामा सांगीतिक कार्यक्रम गर्ने भएको छन् । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिलमा माघ २० गते साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुदैछन् । उनले केही सिक्नकै लागि आफु सांगीतिक क्षेत्रबाट केही समय टाढिएको र अहिले भने फेरी सांगीतिक कार्याक्रम मार्फत पोखरामा आउनका लागेको बताएका छन् । नेपाली युवा पुस्ता माझ चर्चित गायक हुन् । उनले यस्तै रैछ जिन्दगी, हाम्रो नेपालमा, खोला खोली तिरैतिर, फ्लर्टी माया, आस्मा, निस्ठुरी… पुरा पढौ

पोखराको मुख्य सडकमा माघ २३ देखि पार्किङ निषेध

पोखराको मुख्य सडकमा माघ २३ देखि पार्किङ निषेध
पोखरा, १७ माघ/ पोखरा महानगरपालिकाले पोखराको मुख्य बजार सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको… पुरा पढौ

आस्था मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार

आस्था मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार
पोखरा, १७ माघ/ एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एमबी आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार) पुरस्कृत भएका हुन् । उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले… पुरा पढौ

पोखरामा सहकारी व्यवस्थापक मृत फेला

पोखरा, १६ माघ/ कास्कीको पोखरा महानगरपालिका–९ शिव टोलका एक सहकारी व्यवस्थापक मृत फेला परेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै मृत भेटिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीले आत्महत्या गरेको हुन सक्ने बताएको छ । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा अस्पतालमा भर्ना भएकी छिन् । खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य… पुरा पढौ

माघ तेस्रो साता घोडाघोडीमा लाटोकोसेरो संरक्षण उत्सव, चित्रकलामा मदरल्याण्डकी अक्षेता प्रथम

माघ तेस्रो साता घोडाघोडीमा लटोकोसेरो संरक्षण उत्सव, चित्रकलामा मदरल्याण्डकी अक्षेता प्रथम
पोखरा, १५ माघ/ किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणको सन्देश दिन माघी होमस्टे, घोडाघोडी बर्ड सेन्चुरी कैलालीमा माघको २० र २१ गते दुई दिने संरक्षण उत्सवको तयारी गरिएको छ । मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने किसानको साथी लाटोकोसेरो तथा हुचीलको अवैध व्यापार, बासस्थान लोपहुनु लगायतका कारण संकटमा पर्दै गएपछि नागरिक स्तरबाटै संरक्षणमा लाग्न प्रेरित गर्न महोत्सवको आयोजना गरिएको हो । कैलालीमा दशैं संस्करणको रुपमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७९ हुन गएरहेको हो । लाटोकोसेरोले मुसा मात्र होइन… पुरा पढौ