समाचार

पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने

पत्रकार महासंघ कास्कीले चार पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने
पोखरा, २४ चैत/ नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील चार जना पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ । महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिए । जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट अग्रज पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो । महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक,… पुरा पढौ

केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥योः लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ

केन्द्र सरकारले हाम्रो पीडालाई बेवास्ता ग¥योः लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङ
पोखरा, २४ चैत / लोमान्थाङ गाउँपालिका मुस्ताङका अध्यक्ष टसी न्हर्वु गुरुङले पालिकाका स्थानीयले सेवा सुविधासहितका विषयमा दुख पाएको गुनासो गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले बुधबार आयोजना गरेको लोमान्थाङ गाउँपालिकाको समृद्धि र सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गुरुङले गाउँपालिकाका नागरिकले प्रायः सुविधा पाउन नसकेको गुनासो गरेका हुन् । ‘हामीले यहाँका आम नागरिकका दुख र पीडाका विषयमा केन्द्रमा बारम्बार जानकारी गराएका छौं,’ उनले भने, ‘हाम्रो समस्याका विषयमा केन्द्रबाट वेवास्ता भइरहेको छ ।’ कार्यक्रममा अध्यक्ष गुरुङले ठेकेदार र… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचीत

लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचीत
पोखरा, २३ चैत/ वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचीत भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुन निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु प्रसाद बरुवाल, सचिबमा प्रताप पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए । त्यसै गरी… पुरा पढौ

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते

सिक्किम हिमपहिरोमा परेर ३ जना नेपालीको मृत्यु, ३ जना घाईते
सिक्किम, २२ चैत/ सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा गएको हिमपहिरोमा परी तीन जना नेपालीसहित सात जनाको मृत्यु भएको छ । तीन जना नेपाली सहित १२ जना भन्दा बढि घाइते भएका छन् । चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ हिमपहिरोमा परेर मृत्यु भएको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतका रहेका छन् । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका प्रहरीको रहेको भारतीय समाचार संस्था इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ । पुरा पढौ

पोखरामा कोठाभित्रै जलेर एकजनाको मृत्यु

आगोलागि
पोखरा, २१ चैत/ पोखरा १७ विरौटामा कोठाभित्रै जलेर एकजनाको मृत्यु भएको छ । पोखरा १७ विरौटा स्थित समृद्धि मार्गमा बस्दै आएका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालको जलेर मृत्यु भएको हो । मंगलबार दिउँसो तीन तले भवनको बिच तलामा आगो लागेर उनेको मृत्यु भएको प्रहरीले जानकाकारी दिएको छ । कोठाबाट आगोको मुस्लो आएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले चुक्कुल फुटाएर उनलाई निकालेको थियो । स्याङ्जा अर्जुनचौपारी १ स्थायी घर भएका अर्याल केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । प्रहरीले ढोका… पुरा पढौ

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला

गुप्तेश्वर महादेव गुफा
पोखरा, २१ चैत/ गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २७ औ साधारणसभा तथा १० औ अधिवेशनले लक्ष्मण बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युवराज लामिछाने र इश्वरी प्रसाद लम्साल, सचिव हरी प्रसाद लम्साल, सहसचिव ऋषिराम बराल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यक्षमा विजयराज आचार्य निर्वाचीत भएका छन् । त्यसै गरी सदस्यहरुमा खेमराज बराल, कृष्ण प्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दिपकराज बराल र सरस्वती के सी कार्की रहेका छन् । पुरा पढौ

पोखरामा आगो लगाएर एक जना पुरुषको मृत्यु

आगोलागि
पोखरा, २१ चैत/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा आगो लगाएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने पुरुषको नाम, थर र उमेर अझै खुलिनसकेको कास्की प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि पश्चिमाञ्च क्षेत्रिय अस्पतालमा राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । पुरा पढौ

बल्खुमा ट्रकको ठक्करबाट अध्यागमनका अधिकृत पाण्डेको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो
काठमाडौं, १९ चैत/ काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–५ घर भई चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए । सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै… पुरा पढौ

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग
पोखरा, १९ चैत / पोखरा उद्योगी/व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर पनि गरेका छन् । पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो भनाइ बाहिर आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार,सडक सुरक्षा एवं… पुरा पढौ

पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु

पोखरामा माइक्रोबसको ठक्करबाट एकको मृत्यु
पोखरा, १७ चैत/ पोखरामा माइक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो । ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल उपचारको क्रममा मृत भएको प्रहरीले जानकारी दिएको छ । केही दिन अगाडी पनि माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको थियो । पुरा पढौ