समाचार

अमेरिकाबाट आएका शिव र अष्टेलियाबाट आएकी अनुष्का सँगै ज्यान गुमाए

अमेरिकाबाट आएका शिव र अष्टेलियाबाट आएकी अनुष्का सँगै ज्यान गुमाए
पोखरा, ३ माघ/ कास्कीको धम्पुस घर भएका शिवकुमार गुरूङ अमेरिका र कास्की दाङसिङकी अनुष्का गुरूङ अष्टेलियामा थिए । उनीहरूले योजना बनाए, दुवैमा भेट्ने घर र माइत जाने र बाआमा भेट्ने । विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने । सोही अनुसार दुवैमा भेट भएर एउटै जहाजमा पुस २७ मा काठमार्डौ ओर्लिए । २ वर्षअधिमात्र उनीहरूले विवाह गरेका थिए । काठमाडौंबाट उनीहरु जुन जहाजमा पोखरा ओर्लिँदै थिए, त्यही जहाज बिहान करिब ११ बजे सेती खोँचमा दुर्घटनामा प¥यो । सँगै… पुरा पढौ

यती विमान दुर्घटनाः २४ शवको पोखरामै पोस्टमार्टम हुने, ४६ वटा काठमाडौं पठाइने

पोखरा, २ माघ/ यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ७० जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने जिल्ला प्रशासन कार्यालय कास्की साहेक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । बाँकी ४६ जनाको शव मंगलबार बिहान काठमाडौं पठाउने छ । काठमाडौंमा शव लैजानका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा आइसकेको छ । सोमबार राती सम्म ३ जनाको पोस्टमार्टम गरेर १ जनाको शव आफन्तलाई बुझाएको शाहीले बताए । बाँकी दुई… पुरा पढौ

यती जहाज दुर्घटनाः ६८ शव फेला, २६ जनाको पहिचान खुल्यो

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, २ माघ/ पोखरामा यति एयरको जहाज दुर्घटनामापरी मृत्यु भएका ६८ जनाको शव भेटिएको छ । ति मध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । ५ जनाको शव देखी पनि सेती खोचबाट निकाल्न सकिएको छैन । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार थिए । अन्य चार जनाको अवस्था खुलेको छैन । दुर्घटनामा परेका २६ जनाको सनाखत पहिचान भएको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाइने… पुरा पढौ

पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु

पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु
पोखरा, १ माघ/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो । उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा… पुरा पढौ

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, १ माघ/ पोखरा महानगरपाकिला २५ हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेको छोरो घर आउदै थियो । अमेरिकाबाट शनिवार काठमाण्डौ आएका उनलाई लिन श्रीमती आशिका हिजो नै काठमाण्डौ पुगिन् । सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए । उनका काका प्रकाशचन्द्र सापकोटाले घरपरिवारसँग भेटघाट एवम् बिहेको… पुरा पढौ

पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको जहाज दुर्घटनामा निधन

त्रिभुवन पौडेल
पोखरा, १ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएको छ । काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा बिजयी भएका थिए । पत्रकारमहा संघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गरेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले… पुरा पढौ

पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार बुझाउने

पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार दिने
पोखरा, १ माघ/ पोखराको सेती नदीको खोँचमा आइतबार विहान भएको विमान दुर्घटना परेका ६९ जनाको शव फेला परेको छ । यात्रुको शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ । ३ जनाका भने शव भेटिएको छैन । शवहरू अस्पताल पु¥याए सगँ दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको कास्की साहेक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनले पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने… पुरा पढौ

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका (भिडियो सहित)

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, १ माघ/ पोखरा यति एयरको जहाज दुर्घटा भएको छ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूचीमा १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । अहिले सम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । दुर्घटनामा पर्नेमा भारतका… पुरा पढौ

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन
पोखरा, १ माघ/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट सभापतिमा डण्डराज पौडेल चयन भएका छन् । त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कोषाध्यक्षमा सन्तोष अधिकारी, सहकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचीत भएका छन् । महिला सदस्य वविता सुवेदी, रमा त्रिपाठी, पार्वती कार्की निर्वाचीत भए । खुल्ला सदस्यमा डिल्लीराम बराल, खगेन्द्रराज पराजुली, रमेशराज भण्डारी, कमल पौडेल, कालिदाश सापकोटा, सुभाश अधिकारी र चन्द्र प्रसाद सापकोटा… पुरा पढौ

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

कृष्ण प्रसाद धिताल
पोखरा, ३० पुस/ गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचीत भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् ।मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका छन् । सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । धिताल गोरखा १ (क) बाट निर्वाचित भएका थिए… पुरा पढौ