समाचार

वीर अस्पतालको कार्यकारी निर्देशकमा पोखराका डा सन्तोष पौडेल

डा सन्तोष पौडेल
पोखरा, ६ फागुन/ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई निर्देशकको जिम्मेवारी दिएका हुन् । डा पौडेल अर्थोपेडिक सर्जन हुन् । शुक्रबार पद वहाली गर्दै पौडेलले वीर अस्पतालमा बन्द रहेको बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । वीर अस्पतालमा जलन सम्वन्धी उपचारका लागि छुट्टै बर्न वार्ड रहेपनि २०७२ सालको भूकम्पले पछि उपचार सेवा बन्द रहेको छ । डा.… पुरा पढौ

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँः प्रमुख आचार्य

खानेपानीको उपलब्धतासँगै शुद्धतामा पनि जोड दिऔँः प्रमुख आचार्य
पोखरा, ६ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार रैकरमा शिलान्यास गर्नुभएको हो । खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताउनुभयो । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, सुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भन्नुभयो, अव यसको उपलब्धता मात्र होइन, यो… पुरा पढौ

अनेरास्ववियुको सचिवमा आशिर्वाद सुबेदी विजयी

आशिर्वाद सुबेदी
पोखरा, ५ फागुन/ अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेसनबाट केन्द्रिय सचिव पदमा आशिर्वाद सुबेदी विजयी भएका छन् । शुक्रबार बिहान भएको मतपरिणा अनुसार सुवेदी बिजयी भएका हुन् । पुरा पढौ

अनिल सुबेदीलाई प्रदेश निजामती सेवा पुरस्कार

अनिल सुबेदी
पोखरा, ४ फागुन/ कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत अनिल सुवेदी प्रदेश निजामती सेवा पुरस्कारमा छनौट भएका छन् । कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय, पोखरामा अधिकृत सातौ तहमा कार्यरत सुबेदी गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा घोषणा गरेको हो । उनले नगद ५० हजार सहित सम्मानपत्र प्राप्त गर्ने छन् । पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरेको उपल्यक्षमा १० जना कर्मचारीलाई पुरस्कारका लागि छनौट गरेको हो । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले १० जना कर्मचारीलाई पुरस्कार घोषणा गरेको… पुरा पढौ

पत्रकार पाठकलाई मातृशोक

नैनकुमारी पाठक
फागुन ४ पोखरा/ पत्रकार केशब पाठकलाई मातृशोक परेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको… पुरा पढौ

गण्डकी प्रदेश सरकारको उत्कृष्ट कर्मचारीमा मनमाया (अरु पुरस्कार कस कसलाई)

मनमाया भट्टराई पंगेनी
पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकार गठन भएको पाँच वर्ष पुगेर ६ औं वर्षमा प्रबेश गरेको छ । बार्षिक उत्सवको अवसर पारेर प्रदेश सरकारले विषेश कार्यक्रम गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन ब्यवस्थासँगै स्थापित प्रदेशहरू केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा… पुरा पढौ

पोखराको चाउथेमा फर्निचर उद्योगमा आगलागी

आगोलागि
पोखरा, ४ फागुन/ पोखरा महानगरपालिका १४ चाउथेमा रहेको पाल्पालि फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको छ । आगलागीबाट फर्निचर उद्योगमा ठुलो क्षति भएको सञ्चालनकले बताएका छन् । आगलागीबाट फर्निचर, प्लाइउड र फर्निचर उद्योगको मेसिनरी समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान छ । पोखराको लेकसाइडमा केही दिन अगाडी लेकसाइड सेन्टरको अन्डरग्राउडमा आगोलागी हुदाँ ठुलो क्षति भएको थियो । पुरा पढौ

ग्याँस सिलिण्डर विस्फोट हुदाँ घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको निधन

हरिकला भण्डारी
काठमाडौं, ४ फागुन/ ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेपाली काग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी घाइते भएका थिए । सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने तयारी भएको छ । बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । पुरा पढौ

सांसद भण्डारीलाई थप उचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

चन्द्र भण्डारी
काठमाडौं, ४ फागुन/ नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । बुधबार राति ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने तयारी भएको हो । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । पुरा पढौ

सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण

विन्दु कुमार थापा
पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराएका छन् । बुधबार सदनमार्फत उनले ध्यानार्कषण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गरे । ‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको… पुरा पढौ