पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

-


     क्लिक गण्डकी     
     फागुन १८ गते २०७९ मा प्रकाशित


पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड फागुन १८ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्ग

पोखरा, १८ फागुन/ पृथ्वी राजमार्ग अन्तरगत पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने सुचना जारी गरेको छ ।

सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ ।



Tags: