समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तयारी, बिहीबार हवाई उद्धार अभ्यास
पोखरा, २३ मंसिर/ पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार आगोको ठूलो मुस्लोधुवाँ देखीयो । वारुणयन्त्र र एम्बुलेन्सको साइरनले गुन्जयमान भयो । विमनस्थल वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको होकी भने भान भयो । विमानस्थलमा गरिएको ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास कार्यक्रमका क्रममा यस्तो भएको हो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यास गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि संचालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरण (क्यान)को तयारी… पुरा पढौ

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु
पोखरा, २३ मंसिर/ पोखराको मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी भेट्न गएकी पोखरामहानगरपालिका १८ सराङकोट घर भएकी ६५ वर्षिया धनसरी घर्ती मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुटुको समस्या भएर उपचाररत छोरी पूर्णकुमारी घर्तीको हेरचाहका लागि अस्पताल पुगेकी उनी तेस्रो तलाबाट खसेकी हुन् । अस्पतालको तेश्रो तलामा उपचाररत छोरीको कुरुवाका लागि गएकी घर्ती अस्पतालको पछाडि पट्टीको ढोका खोलेर हेर्न खोज्दा खसेको प्रहरीले जानकारी दिएको छ । टाउको र शरिरका विभिन्न भागमा… पुरा पढौ

काइण्डनेस क्लब मदरल्याण्डद्वारा पोखरा वृद्धाश्रम सीतापाइलामा सामग्री वितरण

काइण्डनेस क्लब मदरल्याण्डद्वारा पोखरा वृद्धाश्रम सीतापाइलामा सामग्री वितरण
पोखरा, २३ मंसिर/ काइण्डनेस क्लब मदरल्याण्डले पोखरा वृद्धाश्रम पोखरा १७ सीतापाइलामा रहेका ५५ जना वृद्धवृद्धालाई खाद्य तथा आवश्यक कपडाहरु वितरण गरेको छ । वृद्धहरुलाई जाडोलाई आवश्यक पर्ने टोपी, मोजा, ब्लाङ्केट, हिटर, विद्युतीय जग,पानी तताउने रड लगायतका आवश्यक सामग्री र फलफुल वितरण गरेको हो । नोभेम्बर महिनालाई दया, माया र करूणाको महिनाका रूपमा मानिने हुँदा विद्यालयका विद्यार्थीहरूले नोभेम्बर महिनाभरि इच्छाअनुसारको रकम संकलन गरी विद्यार्थीहरूकै सक्रियतामा सामग्री वितरण गरेको मदरल्यण्ड स्कुलकी प्रावि इन्चार्ज केशु शर्माले जानकारी दिइन् । संकलित सामग्रीलाई कक्षा ४… पुरा पढौ

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत

प्रतिभामा ‘विज्ञान प्रदर्शनी’ र ‘व्यवसायिक योजना’मा उत्कृष्ट विद्यार्थी पुरस्कृत
पोखरा, २२ मंसिर/ पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले विहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की… पुरा पढौ

पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो, कुन कुनले पाए

पोखरा लेकसाइडका होटल तथा रेष्टुरेण्टलाई स्तरीकरणको लोगो, कुन कुनले पाए
पोखरा, २१ मंसिर/ पोखराको लेकसाइड होटल तथा रेस्टुरेण्टहरुलाई सुचकांकका आधारमा स्तरीकरणको लोगो वितरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कास्कीले खाद्य स्वच्छताका आधारमा होटल तथा रेस्टुरेण्टलाई स्तरीकरण तथा लोगो वितरण गर्ने कार्य शुरु गरेको हो । रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) र होटल एसोसिएसन नेपाल (हान) को सहकार्यमा पोखराका १४ वटा रिसोर्ट, होटल तथा रेस्टुरेन्टलाई स्तरीकरणसँगै लोगो वितरण गरिएको खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए । खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४… पुरा पढौ

पोखराबाट सुन्तलाबाट लाखौ आम्दानी गर्दै सुबेदी

खिमलाल सुवेदी
पोखरा, २० मंसिर/ वैदेशिक रोजगारबाट फर्केर देशमै केही गर्नु पछ भनेर सुन्तला खेतीमा लागेका पोखरा २१ दोपरेका किसान खिमलाल सुवेदी (नारायण) ले सुन्तला खेतीबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । भारतको केरालामा दुई वर्ष मरिचको खेती गर्ने ठाउँमा काम गरेपछि नेपाल फर्केर उनले सुन्तला खेतीमा लागेका थिए । १३ रोपनीमा २ सय १५ सुन्तलाका बगैचामा यतिबेला सुन्तला बोटले नै धान्न नसक्ने गरी फलेका छन् । अहिले सम्मकै धेरै यसै वर्ष फलेकोले कति रुखका हाँखा नै सुन्तला धान्न नसकेर… पुरा पढौ

पोखरामा किरियापुत्रीलाई जातिय विभेद गरिएको मुद्धामा एक बर्ष कैद फैसला

जिल्ला अदालत कास्की
पोखरा, २० मंसिर/ सार्वजनिक किरियापुत्री भवनमा जातीय विभेद गरेको भन्दै जिल्ला अदालत कास्कीले तीन जनालाई कैद र जरिवान तोकेको छ । पोखरा १६ बाटुलेचौरमा किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको ईजलासले सोमबार पीडक देववहादुर थापा, रामवहादुर जिसी र जनक क्षेत्रीलाई कार्वाहीको फैसला सुनाइन् । न्यायाधीश भट्टराईले जातिय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाँय ) ऐन… पुरा पढौ

पोखरामा ‘रोटे पिङ’बाट खसेर चार जना घाइते

रोटे पिङ
पोखरा, १९ मंसिर/ पोखरा नयाँ बजारमा जारी व्यापार मेलामा राखीएको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापारिक मेलाको बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् । डब्बा कोल्टिएर पिङ बीचतिर आउँदा आफूहरू खसेको घाइतेको भनाई छ । एक जना पिङकै फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएको घाइतेले बताए । घाइतेमध्ये एक जना युवतीको अवस्था गम्भीर छ ।… पुरा पढौ

कारितासको सहयोगमा पोखरामा बाली उपचार शिविर

कारितासको सहयोगमा पोखरामा बाली उपचार शिविर
पोखरा, १७ मंसिर/ कारितास नेपाल फिल्ड कार्यालय पोखराको सहयोगमा पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरमा बाली उपचार शिविर भएको छ । प्राकृतिक व्यवस्थापन कृषि कलेजमा भएको शिविरमा विभिन्न वालीहरुमा लाग्ने रोग, किरा, विकृतिहरु बारे जानकारी प्रदान गरेको थियो । बाली उपचार शिविरमा काउली, बन्दा, टमाटर, रायो साग, सिमि, कफि आदि वालीमा लाई किरा, खुम्रे किरा, रातोकमिला, पतेरो किरा, पात खन्ने किरा जस्ता किराको समस्या आएको उक्त शिविरमा किरा व्यवस्थापनका लागि पाकेको गोवरमलको प्रयोग गर्ने, खेतबारीको सरसफाई गर्ने, पहेँलो पासोको प्रयोग… पुरा पढौ

कोरियन भाषा परीक्षाका लागि आबेदन खुल्यो

कोरियन भाषा परीक्षा
पोखरा, १२ मंसिर/ कोरियन रोजगारका लागि जान कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी अनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो । जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा ग्वार्को ललितपुरले सूचना निकालेर जानकारी गराएको छ । भाषा परीक्षा पहिलो चरणको कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ देखि… पुरा पढौ