समाचार

सार्वजनिक विदा न्युनिकरण गर्न सरकारलाई सांसद थापाको ध्यानार्कषण

विन्दु कुमार थापा
पोखरा, ४ फागुन/ गण्डकी प्रदेश सरकारका सांसद एवम् पूर्व कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सार्वजनिक विदालाई न्युनिकरण गर्न सरकारलाई ध्यानार्कषण गराएका छन् । बुधबार सदनमार्फत उनले ध्यानार्कषण गराएका हुन् । प्रदेश सभाको शुन्य समयमा बोल्दै थापाले नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलिरहेको उल्लेख गरे । ‘नेपालमा सरकार परिवर्तन सँगै सार्वजनिक विदा थप्ने होडबाजी नै चलेको छ । जसको न्युनिकरण हुनुपर्ने आवश्यकता छ । कुनै दिन विशेष दिवसमा सार्वजनिक विदा दिएर मात्र कसैको… पुरा पढौ

ग्यास सिलिण्डर बिस्फोट हुदा कांग्रेस नेता चन्द्र भण्डारी घाइते

चन्द्र भण्डारी
काठमाडौं, ४ फागुन/ ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । काठमाडौं बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो । भण्डारीको ८६ वर्षकी आमा हरिकला भण्डारी समेत घाइते भएकी छन् । उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहको छ । चिकित्सकका अनुसार चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र आमाको ७० प्रतिशतको हाराहारी शरिरको भाग जलेको छ । राती खाना खाएर सुति सकेपछि ग्यास बिस्पोट भएको थियो । गुल्मी निर्वाचन क्षेत्र… पुरा पढौ

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड
पोखरा, ३ फागुन/ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । ’खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ… पुरा पढौ

बैंकर पवन ढकालको निधन

पवन ढकाल
पोखरा, ३ फागुन/ लुम्बिनी विकास बैंकका सिनियर डेपुटी सिइओ पवन ढकालको बुधबार निधन भएको छ । हृदयघातपछि लामो समयदेखि उपचाररत ढकालको काठमाडौंमा निधन भएको हो । ह्दयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । दुई पटक सम्म ह्दयघात भएको उनका परिवारले जनकारी दिएको छ । माछापुच्छ्र्रे बैंक, कैलाश विकास बैंक हुँदै उनी लुम्बिनी विकास बैंकमा आबद्ध भएका थिए । तनहुँका स्थायी बासिन्दा उनको परिवार हाल पोखरा ७ शान्तिनगर बस्दै आएको छ । उनको आजै काठमाडौंमा अन्त्येष्टि गरीएको छ । पुरा पढौ

मुस्ताङबाट पोखरा आउदै गरेको बस कालीगण्डकीमा खस्यो

दुर्घटना
पोखरा, ३ फागुन/ मुस्ताङको जोमसोमबाट पोखरा आउदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । मुस्ताङको थासाङ–३ धम्पुमा ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भइ कालीगण्डकीमा खसेको हो । दुर्घटनामा परि १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रुमध्ये ४ जना गम्भीर घाइते छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरीको भनाई छ । गम्भीर घाइते यात्रुलाई थप… पुरा पढौ

फागुन ४ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, ३ फागुन/ गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक विदाको निर्णय गरेको छ । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले यो वर्षका विदाबारे निर्णय गरेको थियो । विदाको निर्णय राजपत्रमा प्रकाशित छ । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिनसक्छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषदले २०७९ मा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैते दसैं चैत… पुरा पढौ

गण्डकीका कानूनमन्त्री गाहामगर भन्छन्ः ‘तपाइहरुको समस्याको सम्बोधन हुन्छ’

गण्डकीका कानूनमन्त्री गाहामगर भन्छन्ः ‘तपाइहरुको समस्याको सम्बोधन हुन्छ’
पोखरा, २ फागुन/ आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशिल पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार अन्तरक्रिया गरेका हुन् । उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया अनुसार अगाडी बढ्ने धारणा राखे । ‘मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं, उनले भने, ‘मन्त्रालयको सचिव, सम्बन्धित विषयका कर्मचारीहरुसँग आवश्यक छलफल गरेर… पुरा पढौ

तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ

तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने– सभापति पदमबहादुर गुरुङ
पोखरा, २ फागुन/ गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले नेपाली नागरिक दोस्रो देशमा भर्ती भई तेस्रो देशसँग युद्ध लड्ने परिपाटी तत्काल हटाउनु पर्ने माग राखेका छन् । संघले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति गुरुङले यस्तो कार्यले देशकै राष्ट्रियता र सार्वभौकिता माथि गम्भीर प्रहार भएको बताए । नेपाली नागरिकलाई दोस्रो देशको सेनामा भर्ती गर्ने कार्य रोकिनुपर्ने माग गरे । उनले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिविपरीत नेपाली भूमिमा बेलायती सैनिक क्याम्प राखेर नेपालीलाई बहुर्राष्ट्रिय सेनामा पठाउने सरकारी… पुरा पढौ

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तीरेको शुल्क अनुसारको सेवा देउ

ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तीरेको शुल्क अनुसारको सेवा देउ
पोखरा, १ फागुन/ उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् । ईन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट सेवा प्रदायकहरुसँग छलफल कार्यक्रम’ का सहभागी वक्ताहरुले सो गुनासो गरेका हुन । कम्पनीहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन नसकेको र सेवाको अनुमति लिँदा गरेको… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने

पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने
पोखरा, १ फाल्गुन/ पोखरा औद्योगिक क्षेत्रमा वातावरणीय प्रदूषणको हालको अवस्था पत्ता लगाउन विज्ञ टोली बनाइने भएको छ । औद्योगिक क्षेत्रबाट निस्कने ढल तथा वातावरणीय प्रदूषणको उचित व्यवस्थापन सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा आयोजित छलफल कार्यक्रम यस्तो समझदारी गरिएको हो । टोलीले वातावरणीय प्रदूषणको अवस्थाका बारेमा प्रतिवेदन तयार गरी बुझाउने छ । पोखरामा पछिल्लो समय वातावरणीय प्रदूषण बढेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले मानिसको स्वास्थ्यमा आउन सक्ने जोखिमहरूको न्यूनीकरणका लागि थप सचेतना सहित सजगताको आवश्यकतामा जोड दिनुभयो । “आजको… पुरा पढौ