समाचार

जहाज दुर्घटनाः हेम्जाका सापकोटा दम्पतीको एक महिना पछि अत्तेष्टि

राजन सापकोटा र अनिषा बानियाँ सापकोटा
पोखरा, १ फागुन/ एक महिना पहिले यति एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवंगत भएका पोखरा २५ हेमजा निवासी राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको अन्तेष्टि गरेको छ । पोखरा महानगरपाकिला २५ हेमजा मिलन चोकबाट शवयात्रा सहित मरानघाटमा सोमबार विहान अन्त्येष्टी गरेका छन् । राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो भने अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको थियो । डिएनएको रिपटो हिजो मात्रै आएपछि उनी शव परिवारले बुझेर सोमबार अत्तेष्टी गरेका हुन् । माघ १ गते यति… पुरा पढौ

फागुन महिनामा करिब २ हप्ता सार्वजनी विदा

सार्वजनिक विदा
पोखरा, १ फागुन/ नेपालमा सार्वजनीक विदा धेरै भएको भन्दै घटाउनु पर्ने माग बढ्न थालेको छ । फागुन महिनामा शनिबार, धार्मिक, उत्सव, दिवस गरी १२ दिन विदा रहेको छ । यो १२ दिन सबैले भने विदा पाउने छैनन् । फागुन महिना विदाफागुन १ जनयुद्ध दिवस – सार्वजनिक विदाफागुन ३ प्रदेश स्थापना दिवस – लुम्बिनी प्रदेश विदाफागुन ४ प्रदेश स्थापना दिवस – गण्डकी प्रदेश विदाफागुन ६ शनिबार – सार्वजनिक विदाफागुन ७ प्रजातन्त्र दिवस – सार्वजनिक विदाफागुन ९ ग्याल्पो ल्होछार – सार्वजनिक विदाफागुन… पुरा पढौ

यातायातमा प्रदेशकै सर्भर र व्यवहारिक मापदण्ड माग गर्दै मन्त्रि चुमानलाई ज्ञापनपत्र

यातायातमा प्रदेशकै सर्भर र व्यवहारिक मापदण्ड माग गर्दै मन्त्रि चुमानलाई ज्ञापनपत्र
पोखरा, २९ माघ/ संघीयतापछि यातायात व्यवस्था प्रदेश सरकारको कार्यक्षेत्रमा परेको छ । अग्रीम राजस्व जम्मा हुने यातायात क्षेत्र प्रदेशको प्रमुख आम्दानीको स्रोतमा पर्छ । तर यातायात क्षेत्रमा अनेक बेथिति छन् । आइतबार गण्डकी प्रदेशका ड्राइभिङ स्कुल व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री हरिबहादुर चुमानलाई भेटेर समस्या समाधान गर्न आग्रह गरे । पूर्वाधारमा लगानी र सीप सिकाउन योगदान नगरेको सरकारलाई बेला परीक्षा लिने र सवारी चालक अनुमतिपत्र दिने व्यवस्था गर्न उनीहरुले माग गरे । ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय महासचिव उमेश… पुरा पढौ

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने

निर्वाचन चुनाब
पोखरा, २९ माघ/ निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तोकेको हो । पुरा पढौ

फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

सार्वजनिक विदा
पोखरा, २९ माघ/ सरकारले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । पुरा पढौ

पोखराबाट हराएका सहकारीकर्मी गौतम विरगञ्जमा मृत फेला

बलराम गौतम
पोखरा, २९ माघ/ पोखराका व्यवसायी तथा सहकारीकर्मी बलराम गौतम विरगञ्जमा मृत फेला परेका छन् । माघ २ गतदेखी सम्पर्कविहीन भएका गौतम शनिबार बिहान विरगञ्ज बसपार्कको पार्कमा मृत फेला परेको परिवारले जनाएको छ । गौतम सम्पर्कविहिन भएदेखीनै उनको खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देस लेखेर आफू भारतमा रहेको जानकारी दिएका थिए । उनी नेपाल आएपछि पार्कमा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको आशंका गरिएको छ । सिसिटिभी फुटेजमा विरगञ्ज बसपार्कको पार्कमा ५ः३० बजे… पुरा पढौ

पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर

पोखराको महेन्द्रपुलमा कार दुर्घटना, तीन जना घाइते, दुईको अवस्था गम्भीर
पोखरा, २९ माघ/ पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कारचालक सहित ३ जना पैदलयात्रु घाइते भएका छन् । दुर्घटनापरि कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन् । कारको ठक्करले २ पैदलयात्रु घाइते भएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते छन् । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको प्रहरीको भनाई छ । २ जनाकै अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । बा १३… पुरा पढौ

सरकारले भुक्तानी दिननसक्दा निर्माण व्यवसायी मर्कामा– अध्यक्ष सिंह

सरकारले भुक्तानी दिननसक्दा निर्माण व्यवसायी मर्कामा– अध्यक्ष सिंह
पोखरा, २९ माघ/ नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंहले पछिल्लो समयको आर्थिक अवस्थाले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानीको सामर्थ नरहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीको २९ औ साधारण सभाको उद्घाटन गर्दै सिंहले निमार्ण व्यवासयीले निमार्ण सम्पन्न गरेका योजनाहरुको सरकारले भुक्तानी गर्न नसकेको बताए । उनले सरकारलाई जतिसुकै खबरदारी गरेपनि, जतिसुकै सचेत गराएपछि सरकारले भुक्तानी गर्न सक्ने अवस्थामा नरहेको बताए । उनले सरकारले लक्ष्य अनुसार राजश्व उठाउन नसकेको, साधारण खर्च गर्न पनि हम्मे हम्मे परेको र विदेशबाट आउन… पुरा पढौ

पोखराको लेकसाइड सेन्टरको भवनमा ठुलो आगलागि

पोखराको लेकसाइड कर्नरको भवनमा आगलागि
सागर राज तिमिल्सिनापोखरा, २८ माघ/ पोखरा महानगरपालिका हल्लनचोक नजिएकको एक भवनमा आगलागि हुदाँ ठुलो क्षती भएको छ । हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आगलागि भएको हो । आगलागिबाट सेलवेज डिपार्टमेण्टल स्टोर्स, हिमालयन जाभाको स्टोर्स र अन्य टे«किङ पसलको गोदाममा आगालागि भएको हो । करिब ५ बजे भएको आगाली नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दमकल र पानी ट्रयाङकरको साहेताले आगलागि नियन्त्रणका लागि प्रयास जारी रहेको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन ११ देखी रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, २७ माघ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं पोखरा रात्रिकालीन उडानको तयारी भएको छ । फागुन ११ गते अथार्त २३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छ । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र… पुरा पढौ