समाचार

छात्रा भलिबल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

छात्रा भलिबल प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई
पोखरा, मंसिर १०/ पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो। पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई… पुरा पढौ

कास्की १ क मा एमालेका खगराज अधिकारी विजयी

खगराज अधिकारी
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र नम्बर १ क मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन् । अधिकारीले नेकपा माओवादीका दिपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी बने । अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । कोइरालाले यस अगाडी गण्डकी प्रदेश सदस्य थिए भने अधिकारी संघिय संसदमा सदस्य थिए । पुरा पढौ

कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी

मनबहादुर गुरूङ
पोखरा, ९ मंसिर/ कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ बिजयी भएका छन् । उनले नेपाली काग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतले पछि पार्दै विजयी बने । नेकपा एमाले मनबहादुर गुरुङ २५ हजार ७ सय ८ मत प्राप्त गर्दा नेपाली काग्रेसका किशोरदत्त बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरे । मनबहादुर यस अगाडी गण्डकी प्रदेशसभ सदस्य थिए । पुरा पढौ

कास्की ३ ख मा नेपाली काग्रेसका प्रकाश बराल विजयी

प्रकाश बराल
पोखरा, ९ मंसिर/ कास्की ३ ख प्रदेशसभा सदस्यमा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले बिजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई ४ सय ६५ मतले पछि पार्दै विजयी भए । बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरे । यो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मत खसेको थियो… पुरा पढौ

कास्की ३ मा एमालेका दामोदर पौडेलले विजयी

दामोदर पौडेल ‘वैरागी’
पोखरा, ९ मंसिर/ कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित भएका छन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै निर्वाचत भए । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत प्राप्त गरे । पुरा पढौ

कास्की ३ ख मा प्रकाशको अग्रता

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेपाली काग्रेसका उमेद्वार प्रकाश बरालले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उमेद्वार राजीब पहारीलाई पछि परेका हुन् । अन्नपुर्ण गाउँपालिका, पोखरा ५ र ६ को गणना १ हजार १ सय १५ पछि परेका बरालले आफैन वडा पोखरा २२ मा पुग्दा अग्रता बनाएका हुन् । पोखरा २२ मा २४ सय मत गणना गर्दा १७ सय प्रकाश बराललाई र राजीब पहारीलाई ६ सय मत आएको छ । वडा नम्बर २२ मा १९ सय ५०… पुरा पढौ

विद्याद्धारा स्व. रविन्द्रको शालिकमा माल्यार्पण

विद्याद्धारा स्व. रविन्द्रको शालिकमा माल्यार्पण
पोखरा, ८ मंसिर/ कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी आज पोखरा १८ जामुनाबोटमा पुगेर स्व.रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो । मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसंगै उहाँ जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभएको हो । २०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई दोश्रो पटक प्रतिनिधि… पुरा पढौ

कास्की ३ ख मा राजिबलाई अग्रता

प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार राजीव पहारी पोखरा २३ ठुलाखेतको घरदैलो कार्यक्रममा
पोखरा, ८ मंसिर/ कास्की ३ ख मा नेकपा एमालेका राजिब पहारीले अग्रता लिएका छन् । अन्नपुर्ण गाउँपालिकाको १ देखी १० वडा सम्मको गणना सकिदा पहारीले ४ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । नेपाली काग्रेसका प्रकास बरालले ४ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । राजिब प्रकाश भन्दा १८ मतले अगाडी छन् । पुरा पढौ

लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

पृथ्वीसुब्बा गुरुङ
पोखरा, ८ मंसिर/ लमजुङबाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । नेकपा माओवादीका देव गुरुङलाई हराउदै जित हासिल गरेका छन् । पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याउदा देव गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा निर्वाचनमा देव गुरुङ विजयी भएका थिए । पृथ्वी सुब्बा गुरुङ पनि यही जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पृथ्वीसुब्बा… पुरा पढौ

कास्की ३ ख मा बराल र पहारीबिच कडा टक्कर, १ मतको फरक

प्रकाश बराल
पोखरा, ८ मंसिर/ कास्की ३ ख प्रदेश सभा सदस्यका लागि नेपाली काग्रेसका प्रकास बराल र एमालेका राजीव पहारी बिच कडा टक्कर देखिएको छ । मत गणना जारी रहँदा पहारी र बरालबिच १ मतको फरक छ । बरालले ४ हजार १ सय २१ मत प्राप्त गर्दा पहारीले ४ हजार १ सय २० प्राप्त गरे । राप्रपाका हरिराम भण्डारीले ७ सय १४ मत प्राप्त गरेका छन् । अहिले अन्नपुर्ण गाउँपालिकाबाट गणना भइरहेको छ । कास्की ३नेकपा एमाले दामोदर पौडेल बैरागी १६०२६नेकपा माओवादी… पुरा पढौ