
बम
पोखरा, १० फागुन/ पोखरामा बिस्फोटक पदार्थ पड्किदा २ जना बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर खेलाउँदा मंगलबार पोखरा–३३ ठूलढुंगामा २ जना बालक घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।
नजिकैको वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएर घाइते भएका उनले बताए । घाइतेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।





