समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, कुन/ कुन एयरलाइन्सले गरे उडान

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमार्फतको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोख्रेरेलीले भव्य स्वागत गरेका छन् । हजारौ पोखरा बासीहरु विमानस्थलमा अवतरण गर्ने जहाजलाई स्वागत गरे । विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थ्लले पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताए । उनले पोखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएको बताए । उनले कास्कीका जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्री बन्न शुभकामना दिएको भन्दै आफू प्रधानमन्त्री बनेको बताए । उनले अब सुशासन र समृद्धिका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा, १७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमार्फतको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोख्रेरेलीले भव्य स्वागत गरेका छन् । हजारौ पोखरा बासीहरु विमानस्थलमा अवतरण गर्ने जहाजलाई स्वागत गरे । विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थ्लले पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताए । उनले पोखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएको बताए । उनले कास्कीका जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्री बन्न शुभकामना दिएको भन्दै आफू प्रधानमन्त्री बनेको बताए । उनले अब सुशासन र समृद्धिका… पुरा पढौ

पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

पोखरा, १७ पुस/ पोखरेलीहरुले सडकबाटै अग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को विदाई गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४ औं पोखरा सडक महोत्सवको रमाइलोसंगै अंग्रेजी नयाँवर्षको स्वागत गर्न शनिबार हजारौ पोखरेलीहरु लेकसाइड पुगे । मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे । राती १२ बज्नै लाग्दा पोखरा पटकपट्काउदा सडकमा रहेका हजारौले उत्साही भएका थिए । रेवान पोखराले सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका सडक महोत्सव आयोजना गर्दै… पुरा पढौ

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य
पोखरा, १६ पुस/ पोखरा महानगरपालिकाले पोखरा–३२ लामेआहालमा अस्थायी ल्यान्डफिल बनाइने भएको छ । फोहोर व्यवस्थापन गर्न स्थानीयसँग सहमति भइसकेको शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । त्यसै गरी पोखरा–३३ मा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमा फोहोर व्यवस्थापन गर्ने उनले बताए । पहिरो खसेको ठाउँमा खाल्डो बनाएर त्यहीँ फोहोर फाल्ने तयारी रहेको उनले बताए । आगामी हप्तादेखि लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर लगिने उनले बताए । त्यसै गरी पोखरा ३३ पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र बनाउने उनले बताए ।… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा

सार्वजनिक बस सेवा
पोखरा, १६ पुस/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको सेवाका लागि सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ । विमानस्थल भित्र २ वटा ३ /३ मिनेटको फरकमा, विमानस्थलबाट अमरसिंह चोक–विरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०/ १० मिनेट को फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म नन स्टप सञ्चालन गरिने भएको हो । पोखरा बस यातायात प्रा।लीसँगको सहकार्यमा सञ्चालन गरिएको नियमित सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ज्युले शुभारम्भ गर्नुभएको हो । यसले निजी सवारी साधन नभएका… पुरा पढौ

पोखरा एयरपोर्ट उद्घाटन भोलि, अन्तर्राष्ट्रिय उडान केही महिना पछि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १६ पुस/ पोखरामा निर्माण सकिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एयरले १ महिनाअघि देखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पु¥याएर केही महिना भित्र उडान हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए… पुरा पढौ

पोखरा महानगरपालिकाका कार्यालय र शैक्षिक संस्था आइतबार बिदा

पोखरा महानगरपालिका
पोखरा, १६ पुस/ पोखरा महानगरपालिकाका कार्यालय र शैक्षिक संस्था आइतबार बिदा दिइएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ हुने भएकाले सो कार्यक्रममा जनसहभागिता जनाउन बिदा दिइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए । विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा महानगरपालिकाले पोखरेलीको वर्षौंदेखिको सपना पूरा भएको बताउदै विमानस्थल शुभारम्भ अघिको झाँकीसहितको र्यालीमा सहभागी हुने उनले बताए । सबैलाई उद्घाटनमा सहभागीता जनाउन आग्रह गरे । पुरा पढौ

ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम

ल्होसारको अवसरमा पामेमा रक्तदान कार्यक्रम
पोखरा, १५ पुस/ तमु ल्होसारको अवसरमा पोखरा २४ पामेमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । पामे बचत तथा ऋण सहकारी संस्था र फेवा क्लबको आयोजनामा भएको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् । रक्तदान जिवनदान, जिवनदान महादान भन्ने नाराको साथ भएको थियो । रक्तदान कार्यक्रमको गण्डकी प्रदेशका सभासद् प्रकाश बरालले उद्घाटन गरे । उनले ग्रामिण क्षेत्रमा भएको रक्तदान कार्यक्रमले रक्तदानको महत्व बुझाउन सहयोगी हुने बताए । पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अग्निधर त्रिपाठी, फेवा क्लब… पुरा पढौ

गण्डकी प्रदेशका सांसदले शपथ लिए

गण्डकी प्रदेशका सांसदले शपथ लिए
पोखरा, १४ पुस/ गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदहरू पद तथा गोपनियताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाए । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । नेपाली काग्रेसकी सरस्वती गुरुङ, पार्वती तामाङ राप्रपाका पञ्चराम गुरुङले मातृ भाषामा सपथ लिए । कति पय सांसदहरु आफ्नो जातीय पहिरन सहित शपथ लिन आएका थिए । शपथ लिए पछि… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको परीक्षण उडान, जनवरी १ देखी व्यवसायीक
पोखरा, १४ पुस/ तीन पछि सञ्चालनमा आउन लागेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा–काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको छ । पोखरा विमानस्थलबाट रात्रिकालीन उडानको सुविधा थिएन । पोखरा १७ अर्थात १ जनवरी २०२३ देखि नयाँ विमानस्थलबाट सेवा शुरु हुदैछ बुद्ध एयरले यो विमानस्थलमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् । गुण एयरलाइन्सले… पुरा पढौ