समाचार

‘तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ’

तथ्यांक सहि नहुँदा सरकारी सेवाबाट बन्चित भयौँ
पोखरा, २७ माघ/ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहँुदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा पहिचान पाउन नसकिएको बताएका हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहि तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा समेटिन नसकेको समाजका कार्यकारी निर्देशक मनिषा ढकालको भनाइ छ । ‘अल्पसंख्यक समुदायमा सुचिकृत हुन सकेमा धेरै सेवा सुविधा प्राप्त गर्न सकिन्थ्यो,… पुरा पढौ

गण्डकी प्रदेशमा बिनियोजन ऐन संशोधन विधेयक पारित, रकमान्तरको बाटो खुल्यो

गण्डकी प्रदेशसभा
पोखरा, २७ माघ/ गण्डकी प्रदेशसभाले बिनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बेनको विधेयक शुक्रबार सर्वसम्मत पारित गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेट र योजना हेरफेर गर्न सरकारले ऐन संशोधन गरेर रकमान्तर गर्ने बाटो खुलेको हो । अघिल्लो विधेयकमा चैतमा मात्रै रकमान्तर गर्न पाइनेलाई संशोधन गरेर फागुनमा नै रकमान्तरको बाटो खुलेको छ । संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । त्यसपछि २४ माघमा सैद्धान्तिक छलफल भएको थियो । दफावार छलफलपछि संशोधन विधेयक आज… पुरा पढौ

लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी

पोखरा, २७ माघ/ पोखराको लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको हो । तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहिताको पालना गनुपर्ने हुन्छ । चौविसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रोहवरमा सर्वदलीय/सर्वपक्षीय शुक्रबार बैठक बसेर आचारसंहिता बनाईने बताइएको छ । पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा भण्डारी

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) अध्यक्षमा उमा रेग्मी
पोखरा, २७ माघ/ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उमा रेग्मी भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको निवर्तमान अध्यक्षमा पार्वता पाण्डे, संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष ममता न्यौपाने, महासचिव लक्ष्मी लामिछाने, सचिव बालकुमारी न्यौपाने, कोषाध्यक्ष शारदा भुजेल र सहकोषाध्यक्ष रीता रेग्मी पौडेल (मुना) छन् । सदस्यहरुमा सरिता शर्मा, कान्ति अधिकारी, माया सुवेदी, भावना रानाभाट, सुशीला भण्डारी, लक्ष्मीदेवी तिमिल्सिना, मञ्जुकुमारी शर्मा भट्टराई, मञ्जु काफ्ले, विष्णुमाया शर्मा सुवेदी र विकल्प बोगटी छन् ।… पुरा पढौ

मानवसेवा आश्रम भवनका लागी युनाइटेड क्लव पोखरा द्धारा १ लाख रुपैया प्रदान

मानवसेवा आश्रम भवनका लागी युनाइटेड क्लव पोखरा द्धारा १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान
पोखरा, २६ माघ/ मानव सेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो । भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११… पुरा पढौ

पोखराको पृथ्वीचोकस्थित चाइनापुलमा बसको ठक्करबाट युवतीको ज्यान गयो

दुर्घटना
पोखरा, २६ माघ/ पोखरामा पृथ्वीचोकस्थित चाइनापुलमा बिहीबार भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ ।पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो । बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिएदुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी… पुरा पढौ

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य

पार्किङ व्यवस्थापन जित र हारको विषय होइनः प्रमुख आचार्य
पोखरा, २४ माघ/ पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको छ । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरलाई सुन्दर बनाउने अभियानबाट पोखरा महानगरपालिका पछाडि नफर्कने स्पष्ट पार्नुभयो । ‘पोखराको मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापनलाई बिस्तारै पोखराका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, सहर सुन्दर हुनै पर्छ, यो जित र हारको विषय होइन, यो त पोखराको भविष्यसँग जोडिएको विषय हो । सबैले समन्वय गरेर यसलाई कार्यान्वयन… पुरा पढौ

पोखरामा विमान दुर्घटनाः प्रारम्भिक प्रतिबेदन ‘प्राविधिक त्रुटि’ -आयोग

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, २४ माघ/ पोखरामा माघ १ गते भएको यती एअरलाइन्सको जहाज दुर्घटना अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको छ । आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे… पुरा पढौ

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

पल शाह
पोखरा, २३ माघ/ अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले पक्ष र विपक्ष दुबैलाई झिकाउने आदेश दिएको छ । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले… पुरा पढौ

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गए भन्ने बुझ्नुस्ः प्रमुख आचार्य

सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गए भन्ने बुझ्नुस्ः प्रमुख आचार्य
पोखरा, २३ माघ / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो । ‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै… पुरा पढौ