पुम्दिकोट विशाल महादेवको मूर्तिमा शिवरात्रीमा करिब १० हजार भक्तजन

-


     क्लिक गण्डकी     
     फागुन ६ गते २०७९ मा प्रकाशित


पुम्दिकोट विशाल महादेव

पुम्दिकोट विशाल महादेव

पोखरा, ६ फागुन/ पोखरा २२ पुम्दिकोटमा रहेको विशाल महादेवको मूर्ति दर्शन सहित पुजा गर्नका लागि शनिबार करिब १० हजार भक्तजन पुगेका छन् ।

पुम्दिकोट पुगेका भक्तजनले २ सय १६ शिव लिंग र शिवमन्दिरमा पुजा गर्नुका साथै दुध चढाएर पुजाअर्चना गरेका छन् । विहान ७ बजे देखी साझँ ५ बजे सम्म करिब १० हजार जना भक्तजन आएको विशाल महादेव मूर्ति निर्माण समितिका सहसचिब प्रकाश बरालले बताए ।

पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटमा शिवरात्रि पर्वको अवसरमा विशेष पूजा गरे । विशाल महादेवको मूर्ति दर्शन सहित शिवका भक्तहरूलाई दूध सहित जल चढाउने व्यवस्था सहित विशेष पूजा गरिएको पुम्दिकोट विकास समितिका अध्यक्ष एवं विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

शिवरात्रिका अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेश सभाका सांसदहरु, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगाएत पुगेका थिए ।



Tags: