
पोखराको लेखनाथमा बस खोलामा खस्यो तस्बिरः सन्दिप पौडेल
पोखरा, ७ फागुन/ पोखरा महागनरपालिका २६ लेखनथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् ।
पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।
ब्रेक फेल भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएको केसीको भनाई छ । बस प्रहरी चौकी नजिकै रहेको खोलामा खसेको थियो । प्रहरी नजिकै भएका कारण घाइतेले छिटो उद्धार पाएका थिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए । बसमा अधिकांश पोखरा विश्वविद्यायलबाट फर्किदै गरेका विद्यार्थी रहेका छन् । उनीहरु भोली हुने दिक्षन्त समारोहमा भाग लिनका लागि गएका थिए ।





