
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौं, ८ फागुन/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन पछि इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली शुरु हुदैछ । फागुन ११ गते बाट पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनमा आउने छ ।
आइएफआर कार्यान्वयनमा आएपछि पोखराबाट रात्री कालिन उडान र अन्तर्राष्ट्रिय उडानका लागि योग्य हुनेछ । अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरुले चासो देखाउन थालेका छन् । अहिले कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम, बुद्ध एयर लगायतको चासो देखाएको विमानस्थल स्रोतका भनाई छ ।
कोरियन र बिज एयरसँग १९० सीट क्षमताको ए ३२१ निओ जहाज छन् । हिमालयले न्यारोबडी जहाज एयरबस ३२० बाट पोखराको परीक्षण उडान गरिसकेको छ । इच्छुक कम्पनीहरुका जहाज, यात्रु क्षमता र उडान गर्न चाहेका गन्तव्यलगायत प्राविधिक पक्ष बारे छलफल हुन बाँकी छ ।
गत जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।





