वीर अस्पतालको कार्यकारी निर्देशकमा पोखराका डा सन्तोष पौडेल

-


     क्लिक गण्डकी     
     फागुन ६ गते २०७९ मा प्रकाशित


डा सन्तोष पौडेल

डा सन्तोष पौडेल

पोखरा, ६ फागुन/ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई निर्देशकको जिम्मेवारी दिएका हुन् । डा पौडेल अर्थोपेडिक सर्जन हुन् ।

शुक्रबार पद वहाली गर्दै पौडेलले वीर अस्पतालमा बन्द रहेको बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । वीर अस्पतालमा जलन सम्वन्धी उपचारका लागि छुट्टै बर्न वार्ड रहेपनि २०७२ सालको भूकम्पले पछि उपचार सेवा बन्द रहेको छ ।

डा. पौडेलले २०७२ साल देखि बन्द रहेको बर्न वार्ड सर्जिकल (नयाँ) भवनबाट पुन सुचारु गर्ने पहिलो निर्णय भएको बताए । उनले क्रिटिकल बर्न प्यासेन्टहरुको लागि केयर, अप्रेसन थिएटर, आइसीयू लगायतका सबै सुविधा सहित सञ्चालनमा ल्याउने बताए ।

पोखराका पौडेल यस अगाडी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक भई राम्रो काम गरि सकेका छन् । पौडेल कास्कीको अन्नपुर्ण गाउँपालिकाको पाउँदुर घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ मा उनका बाबुआमा बस्दै आएका छन् । उनी जागिरको शिलशिलामा केही वर्ष देखी काठमाडौमा बस्दै आएका छन् ।