समाचार

पोखरामा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २१ पुस/ पोखरामा एक युवकको छतमा हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा मृत्यु भएको छ । पोखरा–१६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाइनबाट करेन्ट लागेको थियो । बिहीबार बिहान करिब साढे ९ बजे करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । पुरा पढौ

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशसभा
पोखरा, २१ पुस/ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाँच दिनको समय दिएर नयाँ प्रदेश सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आव्हान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश प्रमुख गुरुङले दिएका छन् । पुरा पढौ

पृथ्वीनारायण क्याम्पसमाको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध

पृथ्वीनारायण क्याम्पसमाको अनुमती बिना सेती नदी माथि पुल निर्माण थालेपछि विरोध
पोखरा, २१ पुस/ पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट क्याम्पसको स्वीकृती बिना सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् भने क्याम्पस प्रशासनले कडा रुपमा विरोध गरेको छ । क्याम्पसले भोगचलन गर्दै आएको कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । संघिउ सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेको सो पुलको लागि निर्माणस्थल सम्म सामाग्री पुर्याउन… पुरा पढौ

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवमा १२ करोड बढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
लेखनाथ, १८ पुस/ पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए । महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार भएको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि… पुरा पढौ

मादी गाउँपालिकाका निर्वतमान वडाध्यक्षको आगोलागिबाट मुत्यु

आगोलागि
पोखरा, १८ पुस/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको घरमा आगोलागि हुदाँ जलेर मृत अवस्थापमा भेटिएका छन् । निर्वतमान वडाध्यक्ष समेत रहेका उनी जलेको अवस्थामा मृत भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए । आइतबार राति सुरजको घरमा आगो लागेको वडा अध्यक्ष गुरुङले बताए । राति साढे १० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो । सुरजकुमार २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । गुरुङ घरमा एक्लै बस्ने गर्थे । आगलागीबाट सँगैको… पुरा पढौ

प्रतिभा माविमा ‘फूड फेस्टिभल’

प्रतिभा माविमा ‘फूड फेस्टिभल’
पोखरा, १८ पुस/ पोखरामा यतिबेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक ब्यापार मेलादेखि सुन्तला महोत्सव हूँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन । यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फूड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फूड फेस्टिभल भने विद्यालय परिसरमा संचालन गरिएको छ । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको क्षमता प्रस्तुत गराउने उद्देश्य सहित पहिलो पटक ‘प्रतिभा फूड फेस्टिभल’ आयोजना गरेको हो । आइतबार एकदिनका लागि आयोजना गरिएको यो फेस्टिभलको हिमान कास्कीका अध्यक्ष… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, कुन/ कुन एयरलाइन्सले गरे उडान

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सको एयर बस ३२० । तस्बिरः दिनेश शर्मा मरासैनी
पोखरा, १७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमार्फतको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोख्रेरेलीले भव्य स्वागत गरेका छन् । हजारौ पोखरा बासीहरु विमानस्थलमा अवतरण गर्ने जहाजलाई स्वागत गरे । विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थ्लले पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताए । उनले पोखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएको बताए । उनले कास्कीका जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्री बन्न शुभकामना दिएको भन्दै आफू प्रधानमन्त्री बनेको बताए । उनले अब सुशासन र समृद्धिका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
पोखरा, १७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमार्फतको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पोख्रेरेलीले भव्य स्वागत गरेका छन् । हजारौ पोखरा बासीहरु विमानस्थलमा अवतरण गर्ने जहाजलाई स्वागत गरे । विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थ्लले पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताए । उनले पोखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएको बताए । उनले कास्कीका जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्री बन्न शुभकामना दिएको भन्दै आफू प्रधानमन्त्री बनेको बताए । उनले अब सुशासन र समृद्धिका… पुरा पढौ

पोखरामा सडकबाटै नयाँ वर्षको भव्य स्वागत

पोखरा, १७ पुस/ पोखरेलीहरुले सडकबाटै अग्रेजी नयाँ २०२३ को स्वागत तथा २०२२ को विदाई गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको २४ औं पोखरा सडक महोत्सवको रमाइलोसंगै अंग्रेजी नयाँवर्षको स्वागत गर्न शनिबार हजारौ पोखरेलीहरु लेकसाइड पुगे । मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे । राती १२ बज्नै लाग्दा पोखरा पटकपट्काउदा सडकमा रहेका हजारौले उत्साही भएका थिए । रेवान पोखराले सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका सडक महोत्सव आयोजना गर्दै… पुरा पढौ

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य

लामेआहालमा अस्थायी ल्यान्डफिल, पुँडीटारमा प्रशोधन केन्द्र – मेयर आचार्य
पोखरा, १६ पुस/ पोखरा महानगरपालिकाले पोखरा–३२ लामेआहालमा अस्थायी ल्यान्डफिल बनाइने भएको छ । फोहोर व्यवस्थापन गर्न स्थानीयसँग सहमति भइसकेको शनिबार आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । त्यसै गरी पोखरा–३३ मा प्रशोधन केन्द्र नबन्दासम्म लामेआहालमा फोहोर व्यवस्थापन गर्ने उनले बताए । पहिरो खसेको ठाउँमा खाल्डो बनाएर त्यहीँ फोहोर फाल्ने तयारी रहेको उनले बताए । आगामी हप्तादेखि लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर लगिने उनले बताए । त्यसै गरी पोखरा ३३ पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र बनाउने उनले बताए ।… पुरा पढौ