समाचार

पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु

पोखरा घर आउदै गरेका दुई चिकित्सकको विमान दुर्घटनामा मृत्यु
पोखरा, १ माघ/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको हो । उनीहरुका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरु आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा… पुरा पढौ

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा

दुई दम्पती जहाज दुर्घटना परेपछि, हेमजा शोकमा
पोखरा, १ माघ/ पोखरा महानगरपाकिला २५ हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेको छोरो घर आउदै थियो । अमेरिकाबाट शनिवार काठमाण्डौ आएका उनलाई लिन श्रीमती आशिका हिजो नै काठमाण्डौ पुगिन् । सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे । डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गरेर फेरी अमेरिका गएका थिए । उनका काका प्रकाशचन्द्र सापकोटाले घरपरिवारसँग भेटघाट एवम् बिहेको… पुरा पढौ

पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको जहाज दुर्घटनामा निधन

त्रिभुवन पौडेल
पोखरा, १ माघ/ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परी निधन भएको छ । काठमाडौंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्यमा बिजयी भएका थिए । पत्रकारमहा संघ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष, कास्की शाखामा उपाध्यक्ष र सचिवका रूपमा काम गरेका थिए । पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले… पुरा पढौ

पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार बुझाउने

पोखरामा विमान दुर्घटनाका ६९ शव फेला परे, आफ्न्तलाई सोमबार दिने
पोखरा, १ माघ/ पोखराको सेती नदीको खोँचमा आइतबार विहान भएको विमान दुर्घटना परेका ६९ जनाको शव फेला परेको छ । यात्रुको शव गण्डकी अस्पतालको शवगृहमा राखिएको छ । ३ जनाका भने शव भेटिएको छैन । शवहरू अस्पताल पु¥याए सगँ दिवङ्गत यात्रुका परिवारजन अस्पताल पुगेका छन् । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको कास्की साहेक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । उनले पोखराका पहिचान भएका शव पोखराबाट आफन्तलाई बुझाउने… पुरा पढौ

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका (भिडियो सहित)

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
पोखरा, १ माघ/ पोखरा यति एयरको जहाज दुर्घटा भएको छ । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूचीमा १५ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् । काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । अहिले सम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ । दुर्घटनामा पर्नेमा भारतका… पुरा पढौ

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन
पोखरा, १ माघ/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट सभापतिमा डण्डराज पौडेल चयन भएका छन् । त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कोषाध्यक्षमा सन्तोष अधिकारी, सहकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचीत भएका छन् । महिला सदस्य वविता सुवेदी, रमा त्रिपाठी, पार्वती कार्की निर्वाचीत भए । खुल्ला सदस्यमा डिल्लीराम बराल, खगेन्द्रराज पराजुली, रमेशराज भण्डारी, कमल पौडेल, कालिदाश सापकोटा, सुभाश अधिकारी र चन्द्र प्रसाद सापकोटा… पुरा पढौ

गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

कृष्ण प्रसाद धिताल
पोखरा, ३० पुस/ गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण प्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचीत भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् ।मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका छन् । सुरुमा उम्मेदवारी दर्ता गरेका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । धिताल गोरखा १ (क) बाट निर्वाचित भएका थिए… पुरा पढौ

पोखरा बसपार्कको मास्टर प्लान तयार, कहीले बन्छ बसपार्क ?

पोखरा बसपार्कको मास्टर प्लान तस्बिरः सुर्दशन रञ्जित
पोखरा, ३० पुस/ पोखरा बसपार्कको मास्टर प्लान तयार भएको छ । तयार भएको मास्टर प्लान पोखरा महानगरपालिका ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई प्राविधि टोलीले बुझाएको छ । पोखारमा योजनाबद्ध सहर बनाउने उद्देश्यले २०३०/३१ मा पोखरामा भौतिक विकास गुरुयोजना अनुसार जग्गा अधिग्रहण गरेका थिए । २०३२ सालमा हालको पृथ्वीचोकस्थित बसपार्क बनाउन २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेका थिए । अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा खुम्चिँदै ८२ रोपनीमा सीमित छ । ५ रोपनी जग्गा ट्रायल चेक गर्दा घटेको थियो… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी
पोखरा, २९ पुस/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ जना सांसदको विश्वासको मत पाएका छन् । मुख्यमन्त्रीमा आफूलाई विश्वासको मत दिन उनले शुक्रबार संसदमा राखेको प्रस्तावको पक्षमा ३१ सांसदले मत हालेका छन् । नेकपा एमालेका २१ माओवादीका ८ र राप्रपाका २ जना सांसदले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका कुल ६० जना सांसद मध्ये नेपाली काग्रेसका २७ जना सांसदले भने उनको प्रश्वाको विपक्षमा मतदान गरेका थिए । स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङे संसदमा उपस्थित भएनन् । विश्वासको… पुरा पढौ

स्कुटरलाई सवारी साधनले ठक्कर दिदा तीन युवाको मृत्यु

दुर्घटना
हेटौडा, २९ पुस/ पूर्व पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका–९ भलादमी चोक नजिक दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन… पुरा पढौ