पोखरामा १३ वर्षीया किशोरी मृत फेला

-


     क्लिक गण्डकी     
     माघ १९ गते २०७९ मा प्रकाशित


शव

पोखरा, १९ माघ/ पोखरामा १३ वर्षीया किशोरी मृत फेला परेकी छिन् । पोखरा ६ लेकसाइडमा रहेको तालबाराही माविमा पढ्दै गरेकी किशोरी हिजो साँझ करिब ७ बजे घरमा मृत फेला परेकी हुन् ।

घर मै झुन्डिएको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए ।

उनी तालबाराही माविको कक्षा ७ मा पढ्दै आएकी थिइन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।