समाचार

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !
बुटवल, ३ साउन/ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर लगेका छन् । लामो समयदेखि पानी नपरेपछि पानी पर्ने विश्वासमा जनप्रतिधिलाई बाँधेर किसानहरुले मन्दिर लगेका हुन् । किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पु¥याएको बताए ।… पुरा पढौ

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो
पोखरा, २ असार/ पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा… पुरा पढौ

पोखरामा नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पक्राउ
पोखरा, २ साउन/ कास्की प्रहरीले नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । असार ३१ गते पोखरा ८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको २ वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोज्नेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन माडी नगरपाकिला ८ बसन्तपुर घर भई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ बर्षिय धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपाकिला ४ रापाकोट घर भई पोखरा १६ घर्मी बस्ने ४० बर्षिय डिल बहादुर बिक… पुरा पढौ

पोखरामा दुई यात्रुवहाक सवारी ठोक्किँए

पोखरामा दुई यात्रुवहाक सवारी ठोक्किँए
पोखरा, २ साउन/ पोखरामा आइतबार दिऊसो दुई यात्रुवाहक सवारी ठोक्किँदा १७ जना घाइते भएका छन् । पोखराको ड्यामसाइडमा राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग१ख ३७९० नम्वरको नगर बस र विपरित दिशाबाट आइरहेको ग१ज ३४१७ नम्वरको मिनी माइक्रो ठोक्किँदा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका घाइतेहरुमध्य गण्डकी मेडिकल कलेजमा १२ जना र नमस्ते हस्पिटलमा ५ जनाको उपचार भएको छ । उनीहरुमध्ये १२ जना मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । बसले आफ्नो लेन क्रस गरेर मिनी… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, १ साउन/ पोखरा महानगपालिकाको गेट नजिकै रहेको एटिम मेसिन फोर्न खोज्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । न्यूरोडमा रहेको एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोज्ने रुकुम स्थायी घर भई हाल जिल्ला कास्की पोखरा ९ पृथ्वीचोक बस्ने १९ बर्षिय नरेश पुन मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते पक्राउ गरेको हो । मगरलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पोखरामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ साउन/ कास्की प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पोखरा ५ लब्लीडाडाँबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा १३ बस्ने २४ बर्षिया खिमबहादुर विकलाई मध्ये रातामा पक्राउ गरेको हो । १३ वर्षकी नावालिकालाई ललाई फकाई गरी असार ३१ गते राति १० बजेको समयमा पोखरा ५ लब्लीडाँडामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्ककाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते… पुरा पढौ

पोखराको बगालेटोलमा युवती मृत फेला

पोखरा, १ साउन/ पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा एक युवती मृत फेला परेकी छन् । घरमै २२ वर्षिया सुमना खनाल मृत भेटिएकी हुन् । पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत खनालका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । शवको अवस्था शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । पुरा पढौ

फेवाको सिल्ट्रेसन डयाम निर्माण नै कमसल–महालेखा

फेवाको सिल्ट्रेसन डयाम निर्माण नै कमसल–महालेखा
पोखरा, १ साउन/ फेवातालमा आउने गेग्रान, ढुङ्गा, माटो रोक्नका लागि बनाएको सिल्ट्रेसन ड्याम निमार्णका क्रममा नै स्थानीयले कमसल भएको भन्दै विरोध गरेका थिए । अघिल्लो वर्षका बर्षामा चार मध्ये हर्पनखोलामा निमार्ण गरेको सिल्ट्रेसन ड्याम खोलाले भत्कायो । महालेखाको उनन्साठी औ प्रतिवेदनले पनि फेवा मुहान बनाइएका सिल्ट्रेसन ड्याम कमसल भएको ठहर गरेको छ । फेवा मुहानमा बनाइएका ड्याम प्राकृतिक विपत्तिका कारणले नभइ कमसल निर्माणले भत्किएको निष्कर्ष निकालेको हो । वर्षेनी थुप्रिन आउने गेग्रानले फेवातालको आकार साँघुरिएपछि तालको संरक्षणका लागि पोखरा महानगरपालिकाले… पुरा पढौ

पोखरा महानगरपालिकामा मृत्यु भएकालाई ११ लाख ६० भत्ता

पोखरा महानगरपालिका
पोखरा, १ साउन/ पोखरा महानगरपालिकाले मृत्यु भइसकेका जेष्ठनागरीकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको उनन्साठी औ प्रतिबेदन ११ लाख ६० हजार निकासा गरेको उल्लेख छ । आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिबेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत मृत्यु भइसकेका पोखरा महानगरपालिकाका १० वटा वडामा निकासा गरेको उल्लेख गरेको छ । सामाजिक सुरुक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाई आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरी… पुरा पढौ

पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह

पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह
पोखरा, १ साउन/ पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह शनिबार सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले योगबाट नै समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले छोटो समयमा पातञ्जल योग समितिले समाजमा आफुलाई अब्बल साबित गर्दै लगेको बताए । ‘योग जीवनको दर्शन हो । योगले व्यक्तिलाई सबल बनाउँछ । समाजमा योगको महत्वलाई बुझाउन सकिए सामाजिक, आर्थिक रुपमा परिवर्तन ल्याउन सकिन्छ ।’, उनले भने । योग मार्फत स्वस्थ प्रदेश… पुरा पढौ