समाचार

पोखरामा भूकम्पको धक्का महशुस

भूकम्प
पोखरा, ९ असार/ पोखरामा बिहीबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको महशुस पछि राती नै भएपनि मानिसहरु उठेर बाहिर निस्का थिए । पुरा पढौ

कर्णालीका विद्यार्थीलाई पोखराका विद्यार्थीले किताब कापी लैदिदै

कर्णालीका विद्यार्थीलाई पोखराका विद्यार्थीले किताब कापी लैदिदै
पोखरा, ७ असार/ पोखराका केही युवा विद्यार्थी मिलेर कर्णाली प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीलाई पुस्तक अभियान चलाएका छन् । पोखरामा पुराना र नयाँ पुस्तक संकलन गरेर उनीहरुले वितरणका लागि कर्णाली लैजान लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरु यो अभियानमा लागेका । उनीहरुलाई भाईबैहिनीले समेत सघाएका छन् । एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियानलाई अगाडी बढाएको अभियानका सदस्य देव भुजेलले बताए । उनी सगँ स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र… पुरा पढौ

पोखराको सेती नदि किनारमा शव फेला

पोखरा, ५ असार/ पोखराको सेती नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । पोखरा १४ मा रहेको सेती नदिको किनारमा आइतबार एक पुरुषको शव भेटिएको हो । अन्दाजि २५ बर्षको जस्तो देखिने शव आइतबार बिहान ११ बजे भेटिएको कास्की प्रहरीले जनाएको छ । शवको पहिचान नखुलेको र शवलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागि राखिएको प्रहरीले जनाएको छ । पुरा पढौ

पोखरामा चोरीको ठुलो रकम सहित एक जना पक्राउ

पोखरामा चोरीको ठुलो रकम सहित एक जना पक्राउ
पोखरा, ५ असार/ कास्की प्रहरीले चोरीको ठुलो रकम सहिता एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भई पोखरा १० बस्ने २१ बर्षिय अजित विश्वकर्मालाई पक्राउ गरेको हो । पोखरा १० रामबजारको साता पोशाकको टोलीले ३ लाख ६२ हजार ३ सय ८० रुपैया सहित प्रक्राउ गरको हो । चोरी घटना बढ्दै गएपछि कास्की प्रहरीले एम्बुसिङ्ग अभियान चलाएको थियो । आइतबार बिहान संकास्पद अवश्थामा झोला बोकी हिडेको अवस्थामा प्रहरीले विकलाई पक्राउ गरेको कास्की प्रहरीका निमित्त प्रवत्ता ज्ञानबहादुर खड्काले जानकारी… पुरा पढौ

स्वीमिङ पुलमा डुवेर पाेखरामा एकजनाकाे मृत्यु

पाैडी डुवेर
पाेखरा, ४ असार/ स्वीमिङ पुलमा डुबेर पाेखरामा एकजनाकाे मृत्यु भएकाे छ । पाेखरा तेर्सापट्टीमा रहेकाे सीएम स्वीमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेर पाेखरा ५ मालेपाटनका १३ वर्षिय किशोर दीपेश शर्माको मृत्यु भएकाे हाे ।  उनी शनिवार दिउँसाे आमा र भाइसँग पाैडी खेल्न पुगेका थिए । सुरुमा पाैडी नखेल्ने साेचेका उनी एक्कासी पुलमा खसेका थिए । उनी डुबेकाे केही समयपछि मात्रै थाहा भएकाे बताइएकाे छ । पुरा पढौ

अपाङ्गमैत्री कानून बनाउने सवालमा गण्डकी सरकार सकरात्मकः मन्त्री थापा

अपाङ्गमैत्री कानून बनाउने सवालमा गण्डकी सरकार सकरात्मकः मन्त्री थापा
पोखरा, ४ असार/ गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक रहेको बताउनुभएको छ । डिडा नेपाल र इन्सेकको आयोजनामा शनिबार सम्पन्न “दिगो बिकास र अपाङ्गता सवालमा सेवाग्राही तथा सेवा प्रदायक बीच अन्तरक्रिया कार्यशाला” कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले गर्ने भेदभाव पहिले भन्दा सुधारोन्मुख रहेपनि पुर्णरुपमा हटाउन राज्य, समाज र सरोकारवाला एक हुनुपर्ने बताउनुभयो । नयाँ बन्ने संरचनाहरु अपाङ्गमैत्री… पुरा पढौ

पहिले लागुऔषध प्रयोगकर्ता अहिले लागुऔषध विरुद्ध ¥यापर लाहुरे

पहिले लागुऔषध प्रयोगकर्ता अहिले लागुऔषध विरुद्ध ¥यापर लाहुरे
सागर राज तिमिल्सिनापोखरा, ४ असार/ युवा मार्झ लोकप्रिय कलाकार हुन् ¥यापर लाहुरे अथार्त आशीष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडी लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ ग¥यो । उनले ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषध विरुद्धको अभियानमा निस्कने तरखरमा छन् । नदिकै आउन लागेको अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस अवसर उनी लागुऔषध विरुद्धको अभियानमा सँग सँगै अगाडी बढ्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने… पुरा पढौ

पोखरामा एकजनाको करेन्ट लागेर मृत्यु

करेन्ट
पोखरा, ३ असार/ पोखरा महानगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । पोखरा १४ छिनेडाँडाको खाल्टे मसिनामा पोलमा बिजुली बनाउन चढेका बेला करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेलको प्रहरीले जानकारी दिएको छ । करेण्ट लागेर गम्भीर घाइते उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । पुरा पढौ

पोखराको राष्ट्रबैंकचोक नजिक दुर्घटना

दुर्घटना
पोखरा, ३ असार/ पोखराको राष्ट्रबैंकचोक नजिक दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । बिहीबार साँझ सवारी दुर्घटना हुँदा पोखरा महानगरपालिका वडा नम्बर २२ कि पुम्दीभुम्दीका २३ बर्षिय अनन्त भुजेल घाइते भएका छन् । उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । बिहीबार साँझ करिब साढे ७ बजे दुर्घटना भएको थियो । ग३प ९१६६ को मोटरसाइकल, ग१ज ४३३७ नम्बरको ट्याक्सी ठोकिएका थिए । दुर्घटना भएर लडेका भुजेललाई ग१झ ५२६ नम्बरको सरकारी गाडीले पुन ठक्कर दिएको थियो । तीन वटै सवारी–साधन… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८… पुरा पढौ