गण्डकीका यातायात व्यवसायी आन्दोलनमा, साउन २२ देखि गाडी नचलाउने घोषणा

-


     क्लिक गण्डकी     
     श्रावण १८ गते २०७९ मा प्रकाशित


गण्डकीका यातायात व्यवसायी आन्दोलनमा

गण्डकीका यातायात व्यवसायी आन्दोलनमा

पोखरा, १८ साउन/ सरकारले सवारी साधनको कर वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायी आन्दोलित बनेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले २२ साउन देखि प्रदेशभरका सार्वजनिक गाडी घर ग्यारेज मै थन्काउने घोषणा गरेको हो ।

जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागि परेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० देखि सवारी क्षमताअनुसार कर ४ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म बढेको छ ।

सवारी कर साझा विषय भएको भन्दै महासंघले निजी र पर्यटक सवारीलाई पनि आन्दोलनमा साथ दिन आह्वान गरेको छ ।



Tags: