समाचार

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै

रुप फेर्दै पोखरा बसपार्क, हिलो र धुलोमुक्त गराइँदै
पोखरा, १५ असार/ जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले… पुरा पढौ

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर… पुरा पढौ

पोखरा मेयर धनराज आचार्य र काठमाडौंको मेयर बालेन्द्र शाह बिच भेट, पोखरा सम्मेलन गर्ने

पोखरा मेयर धनराज आचार्य र काठमाडौंको मेयर बालेन्द्र शाह बिच भेट
पोखरा, १४ असार /पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाह बीच मंगलबार भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् । साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख… पुरा पढौ

तनहुँमा दुर्घटना हुदाँ १ जनाको मृत्यु

दुर्घटना
तनहुँ, १४ असार/ पृथ्वी राजमार्गको तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ गएको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा नामथर वतन नखुलेका मोटरसाइकल चालक अन्दाजी २६/२७ वर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । घाइतेको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको… पुरा पढौ

पोखरा न्युरोडको अर्बौंको जग्गा पोखरा उपत्यकाको हुने फैसला

जिल्ला अदालत कास्की
पोखरा, १४ असार/ जिल्ला अदालत कास्कीले पोखरा न्युरोडको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जग्गामा समितिको दाबी पुग्ने फैसला गरेका हुन् । हाल चल्तीमा रहेको जग्गाको भाउ अनुसार अर्बौँ रुपैयाँ पर्ने सो जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ का कोइराला परिवारको दाबी रहँदै आएको थियो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको जग्गा सार्वजनिक र सरकारी कायम गरिपाऊ भनि नागरिक समाजका… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय
पोखरा, १४ असार/ जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयको नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायक त्रय डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे । आफ्नै पहलमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए । पुस्तकालयसँगै कफी जोनपनि राखिएको उनले बताए । जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन् । समाजलाई प्रहरीसँग… पुरा पढौ

फेवातालको घटाइएको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

पोखरा, १४ असार/ पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले तोकेको फेवाताल लगायत यहाँका ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश विपरित महानगरले घटाएर तोकेको मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आन्तरिम आदेश दिएको होे । सोमबार सर्वोच्चका न्यायाधिश इश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलाशले यस्तो आदेश दिएको हो । अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले जेठ ११ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।… पुरा पढौ

लिफ्ट मागेर गाडी लुट्ने ३ जना पक्राउ

लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे
कैलाली, १३ असार/ कैलालीको गोदावरी नगरपालिका ४ को गाईमारेमा गाडी लुट्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूलाई गोदावरी नगरपालिका १ को ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेल्धुराको आलिताल जाँदै गरेका वेदकोट नगरपालिका ३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीका… पुरा पढौ

लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे

लिफ्ट मागेर चढेका ३ जनाले सरकारी कर्मचारीको गाडी लुटे
कैलाली, १३ असार/ भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी निजी गाडी लुटिएका छन् । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेर चढेका अपरिचित व्यक्तिले कुटपिट गरेर गाडी लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । महेन्द्रनगरबाट लिफ्ट मागेर आएको उनीहरुले फोटो खिच्ने भन्दै गाडी रोकेर ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगेको बताए । हात पछाडी बाँधेको अवस्थामा घाइते भएर… पुरा पढौ

पोखरामा ४ दशमलव ९ म्याग्नेच्यूटको भूकम्प

भूकम्प
पोखरा, ९ असार/ पोखरामा बिहीबार विहान भूकम्पको धक्का महशुस भएको छ । ४ दशमबल ९ म्याग्नेच्यूटको र्भूकम्प गएको रष्ट्रिय भूकम्प मापन तथा अनुशन्धन केन्द्रले जानकारी दिएको छ । कास्कीको धम्पुसलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । विहान ३ बजेर ५६ मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको महशुस पछि राती नै भएपछि मानिसहरु उठेर बाहिर निस्का थिए । भूकम्पको धक्का कास्की आसपासका अन्य जिल्लामा पनि महशुस भएको थियो । पुरा पढौ