समाचार

पोखराका मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी

पोखरा मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी
पोखरा, १५ जेठ /पोखरा मेयर धनराज आचार्यले पदभार ग्रहण गर्न आगडी पोखरा रोपेको फुल चोरी भएको छ । पोखरा ७ नुवारथोकमा रोपेको फुल शनिबार राति चोरी भएको हो । उनले रोपको फुल सहित अन्य फुलहरु पनि चोरी भएको स्थानीयले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटर देखी ७ र ६ को हल्नचोक सम्मको डिभाडरमा पदभार ग्रहण अगाडी मेयर सहित अन्य जनप्रतिनिधिहरुले फुल रोपेका थिए । ति मध्ये केही फुल शुक्रबार राति चोरी भएको थियो भने केही शनिबार चोरी भएको छ ।… पुरा पढौ

लोकतन्त्र दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना,‘सुशासन र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध’

पोखरा, १५ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको… पुरा पढौ

बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्णः मन्त्री थापा

बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्णः मन्त्री थापा
पोखरा, १५ जेठ/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले बालश्रम न्यूनिकरणमा परिवार, विद्यालय र समाजको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । पोखरा उद्योग बाणिज्य संघले किडासाको सहयोगमा शनिबार आयोजना गरेको श्रम तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुका लागि “शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण कार्यक्रम” लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थापाले बालश्रम न्यूनिकरण र बालबालिकालाई विद्यालय पठाउने विषयमा किडासा जस्तो संस्थाले उल्लेखनिय काम गर्दै आएको बताउनुभयो । बालबालिकाका लागि यस्ता… पुरा पढौ

पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण
पोखरा, १३ जेठ /पोखरा महानगरपालिकाको वडा नम्बर १२ मा कार्यवहाक वडाध्यक्ष सीता बास्तोलाले नवनिर्वाचित अध्यक्ष सन्तोष बास्तोलालाई पदभार हस्तान्तरण गरेकी छन् । कार्यवहाक वडा अध्यक्ष सीता र नवनिर्वाचित अध्यक्ष सन्तोष आफ्नै आमा–छोरा हुन् । यसअघिका वडाध्यक्ष रामबहादुर कार्की काम विशेषले देशबाहिर रहेका कारण सितालाई कार्यवहाक थिएका थिए । । उनै सीताका छोरा सन्तोष अहिलेको चुनावमा निर्वाचित भए । शुक्रबार एक कार्यक्रमका बीच आमा सीताले छोरा सन्तोषलाई फूलको बुकी दिएर कामको जिम्मेवारी हस्तान्तरण गरेकी छन् । संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी… पुरा पढौ

मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध

मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध
पोखरा, १३ जेठ/ पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध बिहीबार पोखरामा प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमा थाल ठटाएर प्रदर्शन गरेको हो । राप्रपा कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध मोटरसाइकल सडकमा डो¥याएका थिए । मुल्यवृद्धीका विरुद्ध राप्रपा कास्कीले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । मुल्यवृद्धी रोक्न माग राख्दै श्रृङ्खलावद्ध आन्दोलन थालेको राप्रपाले विहिबार सडक प्रदर्शन गरेको हो । खाद्यान्नको मुल्य वृद्धीले सर्वसाधारण खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै रित्तो थाल ठटाएका थिए ।… पुरा पढौ

पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने

पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने
पोखरा, १३ जेठ / पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ । नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछाने सहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको हो । पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठुलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार… पुरा पढौ

पदस्थापनाकै दिन बानियाँको निर्णयः सार्वजनिक जग्गाको संरक्षण, आधारभूत विद्यालयको विकास

पदस्थापनाकै दिन बानियाँको निर्णयः सार्वजनिक जग्गाको संरक्षण, आधारभूत विद्यालयको विकास
पोखरा, १२ जेठ/ पोखरा महानगरपालिका वडा नं –१५ का नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको पदस्थापना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं – १५ बाट निर्वाचित नेकपा एमालेको तर्फबाट अध्यक्ष तोरण बहादुर बानियाँ, खुल्ला सदस्यहरु आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतिमाया गुरुङ र दलित महिला सदस्य मन्दिरा परियारको पदस्थापना गरिएको हो । पदस्थापना कार्यक्रम पश्चात आयोजित निवर्तमान जनप्रतिनिधिहरुको विदाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नव निर्वाचित वडा अध्यक्ष तोरण बहादुर… पुरा पढौ

पोखराका मेयर धनराजको पदस्थापन, तीन निर्णय के के ?

धनराज आचार्य
पोखरा, १२ जेठ/ पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले तीनवटा निर्णय गर्दै बिहीबार पदभार ग्रहण गरेका छन् । आचार्यले न्यून आय भएका बच्चालाई पोषण भत्ता पाउने, पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् । पोषण भत्ताका लागि वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने घोषणा गरे । भत्ता कति समयमा दिने, कति दिने भन्ने आगामी बजेटमा घोषणा हुने उनले बताए । पोखरा चिनाउने सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्दै बजेटमा… पुरा पढौ

पोखरा मेयर र उपमेयरमा कस्ले कति मत ल्याए

पोखरा महानगरपालिका
पोखरा मेयर र उपमेयरमा कस्ले कति मत ल्याए मेयर पुरा पढौ

पोखरा ३२ को वडाध्यक्षमा कांग्रेसका अक्कलबहादुर कार्की विजयी

अक्कलबहादुर कार्की
पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३२ को वडाअध्यक्ष नेपाली कांग्रेसका उमेद्वार विजयी भएको छन् । पोखरा ३२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार अक्कलबहादुर कार्की विजयी भएका हुन् । उनले एमालेका खमबहादुर पुनलाई १७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । कार्कीले १ हजार ९ सय ९१ मत प्राप्त गरे भने पुनले १ हजार ९ सय ७४ मत प्राप्त गरे । खुल्ला सदस्यमा कांग्रेसका तीर्थबहादुर सुवल १ हजार ९ सय ३० मत र रविराज तिवारीले १ हजार ९ सय ५१… पुरा पढौ