समाचार

न्यायिक समिति लोकतन्त्र र सभ्याताको बाहक– राष्ट्रिपति भण्डारी

पोखरा, १४ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको बाहक भएको बताएकी छन् । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको उल्लेख गरीन् । उनले पहिले पहिले कचहरीहरुले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको बताइन् । राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिवाना गर्ने कुरा ठुलो भएको भन्दै यसमा गाम्भीर्यता जरुरी रहेको बताईन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको… पुरा पढौ

कास्कीमा ५७ हजार मतदाता थपिए

पोखरा, १४ चैत/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता पुगेका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनीक गरेको तथ्याङक अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा भन्दा ५७ हजार २० जना मतदाता कास्कीमा बढेका छन् । ७४ सालमा कास्कीमा २ लाख २४ हाजर ८ सय १३ जना मतदाता रहेका थिए । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ३६ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । कास्कीमा कास्कीमा रहेका पाँच पालिका… पुरा पढौ

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
बिर्घा(स्याङ्जा), १३ चैत / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भिœयाउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए । धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘भारतका प्रधानमन्त्री… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारलाई बुझाउदै चिनियाँ विदेशमन्त्री वाङ यी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
सागर राज तिमिल्सिनापोखरा, १२ चैत/ /निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिन सरकारले नेपाल सरकारलाई शनिबार हस्तान्त्ररण गर्ने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादर देउवालाई सिम्बोलीक कि हस्तान्तरण गर्न लागेका छन् । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कार्यालयमा सिम्बोलीक कि हस्तान्तरण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । सोही समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनी सिएएमसीईलाई… पुरा पढौ

‘फोहोर उठेन चिन्ता नलुनु होस्, पैसा नै तिरेर फोहोर लिन आउ छन्’

पोखरा, ५ चैत/ घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्ने भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरी रहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नु हुने छ । सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले लैजाने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध… पुरा पढौ

लेखनाथ महोत्सवमा छैटौं दिनसम्म दुई करोड ६५ लाख कारोबार

लेखनाथ/चैत्र ०२केही दिन यता दिउँसो गर्मी बढ्दै जाँदा लेखनाथ महोत्सवमा भने दर्शकको रौनक बढ्दै गएको छ । ख्याती प्राप्त कलाकारबाट दैनिक सांस्कृतिक कार्यक्रम हुँदा गर्मिको वेवास्ता गर्दै दर्शकहरुको महोत्सव स्थलमा आकर्षण बढेको हो । दैनिक उपभोग्य बस्तु देखी बालबालिकाको लागि मनोरञ्जनका सामाग्री एवं रेष्टुरेण्टहरुका परिकारमा परिवारै झुम्मिएको देखिन्छ ।दिनभरीको मनोरञ्जन पछि दर्शकहरु बेलुका घर फर्कदा लत्ता कपडा देखी ताजा तरकारी बोकेर फर्कने गरेका छन् ।विगतका बर्षहरुमा अनुकुल समय मंसिर पौषमा हुने महोत्सव यसपटक कोभिड १९ का कारण फागुनको अन्तिम सातालाई… पुरा पढौ

खेलाडी समाज परिवर्तनका संवाहक हुन ः मन्त्री थापा

पोखरा, १ चैत ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्वपूणर् रहेको बताउनुभएको छ । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले देशको भविष्य अब युवाहरुको काँधमा रहेको उल्लेख गर्नुभयो ।‘देशको भविष्य अब युवाहरुको काँधमा छ’, उहाँले भन्नुभयो, ‘तपाईहरुको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारिरिक एवम् मानसिक स्वस्थताका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । खेलाडी देश… पुरा पढौ

भ्याक्सिन विरुद्धको खोप केन्द्र वन्यो लेखनाथ महोत्सव

पोखरा, १ चैत । लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सव यतीवेला कोभिड - १९विरुद्धको खोप केन्द्र वनेको छ । महोत्सव अवलोकनका लागी जाने दर्शकहरुको सुविधाका लागी आयोजक लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव स्थलमा स्टल नै राखेर भ्याक्सीन लगाउने व्यवस्था गरेपछि खोपको पहुँच पुग्न नसकेका सर्वसाधारणका लागी सहज वभएको छ ।मंगलवारसम्म १२७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन । मनोरञ्जन सँगै कोभिड विरुद्धको खोप समेत लगाउन पाईने भएपछि महोत्सव स्थल अवलोकन गर्नेको भिड लाग्न थालेको छ । मंगलबारमात्र १५ हजार… पुरा पढौ

पोखरा बृद्धाश्रमको रजतजयन्ती

पोखरा, १ चैतः पोखरा महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहकाबीच उद्घाटन गरेको छ ।रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक रहेको बताउनुभएको छ ।पोखरा बृद्धाश्रमको रजतजयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले ज्येष्ठ नागरिक समाजको महत्वपूणर् सम्पत्ति रहेको बताउँदै प्रत्येक घरबाट अधिकतम २० मिनेटको दूरीमा ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।ज्येष्ठ नागरिकलाई लक्षित गरी… पुरा पढौ

लायन्स क्लब पोखरा नर्थद्धारा कापी कपल वितरण

पोखरा, २९ फागुन । लायन्स क्लब अफ पोखरा नर्थले अस्तामको भुमेश्वर आधारभूत विद्यालयमा कापी कलम वितरण गरेको छ ।माछापुच्छ्रे गाउँ पालिका वडा नं. ६ धिताल स्थित अस्ताममा रहेको उक्त विद्यालयका ४० जान विद्यार्थीलाई कापी कलम वितरण गरेको लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिनाले जानकारी दिए ।कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ वि वानका जोन चियरपर्सन केशवशरण पौडेल मिडिया संयोजक प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिमिल्सिना तृतीय उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव हरिप्रसाद त्रिपाठी, सदस्य विनोदराज… पुरा पढौ