पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

-


     क्लिक गण्डकी     
     जेठ १३ गते २०७९ मा प्रकाशित


पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

पोखरा १२ का वडाध्यक्ष आमाद्वारा वडाध्यक्ष छोरालाई पद हस्तान्तरण

पोखरा, १३ जेठ /पोखरा महानगरपालिकाको वडा नम्बर १२ मा कार्यवहाक वडाध्यक्ष सीता बास्तोलाले नवनिर्वाचित अध्यक्ष सन्तोष बास्तोलालाई पदभार हस्तान्तरण गरेकी छन् । कार्यवहाक वडा अध्यक्ष सीता र नवनिर्वाचित अध्यक्ष सन्तोष आफ्नै आमा–छोरा हुन् । यसअघिका वडाध्यक्ष रामबहादुर कार्की काम विशेषले देशबाहिर रहेका कारण सितालाई कार्यवहाक थिएका थिए । । उनै सीताका छोरा सन्तोष अहिलेको चुनावमा निर्वाचित भए ।

शुक्रबार एक कार्यक्रमका बीच आमा सीताले छोरा सन्तोषलाई फूलको बुकी दिएर कामको जिम्मेवारी हस्तान्तरण गरेकी छन् । संयोगवश उनले आफ्नै आमाको उत्तराधिकारी बन्ने सौभाग्य पाएका हुन् । पदभार सम्हाल्दै वडाध्यक्ष सन्तोषले वडा नम्बर १२ को बराबरको निर्णय गरेका छन् ।

उनले वडाका मुख्य चोकमा सीसीक्यामेरा राख्ने, पहिलो तलब दुर्गा मन्दिर निर्माणमा सहयोग गर्ने, शितलादेवी मन्दिरमा सार्वजनिक शौचालय निर्माण गर्ने, मुख्य सडकमा रंगरोगन गर्ने निर्णय गरेका छन् भने वडाभरिका बाटोको खाल्डा टाल्ने, नाली सफा गर्ने, बिजुलीका पोलमा नयाँ बत्ती व्यवस्था गर्ने निर्णय भएको बास्तोलाले जनाए ।

पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण कायृक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिर लाई दिने, वार्ड भरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, वार्ड मा ब्यबस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रकृया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्, क्लब र मन्दिरसँग सल्लाह गरेर पब्लिक शौचालय र आरतीको काम सुरु गराउने, वार्डको मैनबाटोहरुमा रङरोगन गर्ने र पोलमा नया बत्ती थप्ने तथा पुरानो बती मर्मत गर्न लगाउने, वार्डको काम अनलाइन प्रक्रियामा लैजानलाई वार्ड एप बनाउने र प्रविधिको माध्यमबाट वडाको सूचना तथा जानकारी वडाका सम्पूर्ण नागरिक समक्ष पु¥याउने संयन्त्र निर्माण गर्ने अनि गुनासो टिपाउने, अशक्त, सुत्केरी को काम घर मा पुगेर सेवा दिने, बृद्ध भत्ता घर घरमा लगेर दिने, एक घर एक बिरुवा रोप्न लगाउने र रोपेको पुरानो बिरुवामा गोड्ने मल हाल्ने काम गर्ने ९बिरुवा वार्डले दिने० वडाबासीलाई फ्री एम्वुलेन्स सुबिधा दिने ९५ वटा सँग सेवाको सम्झौता गर्ने ० बर्षमा ६ जना गरीब, पिछडिएको बर्गका बिद्यार्थीलाई वडाले पढाउने जिम्मा लिने र वडाको ३ वटा सरकारी स्कुलमा वडा कार्यालयले सेनुटरी प्याँड निशुल्क दिने, बाटो निर्माणको सम्झौता ९चापापनी मार्ग० र बाकी कच्ची बाटो पहिचान गरी प्रकियागत रुपमा अघी बडाउने कामहरु आफुलले तत्काल थालनी गर्ने प्रतिवद्दता ब्यक्त्त गरे ।


कार्यक्रममा वडाअध्यक्ष बास्तोलाले वडावासीले आफुलाई विश्वास गरेर जिताएको र उनीहरुको विश्वासलाई डगमगाउन दिने छैन र वडाको भूगोल र विशेषता अनुसार नै नमुना वडा बनाउन विगतमा सुरु भएका कामलाई निरन्तरा दिँदै थप योजना बनाउने बताए ।

पदभार कार्यक्रममा नेकपा माओवादीका नेता मिन गुरूङ, नेकपा एमाले १२ का अध्यक्ष बलराम ढुङ्गाना,नेपाली कांग्रेस पोखरा १२ का कार्यवाहक सभापति राम्जी बास्तोला, नेकपा समाजवादी १२का अध्यक्ष डिलाराम लामिछाने, निर्वतमान वडा सदस्य तथा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार देशभक्त केसी, निर्वतमान वडा सदस्य विष्णु विक,समाजसेवी धन्यवाद धन्यवाद ऋिषवदेव बास्तोला लगाएतले नव निर्वाचित वडा अध्यक्ष लगायत सदस्यहरुको सफल कार्याकालको कमना गरेका थिए ।


नव निर्वाचित वडाअध्यक्ष सन्तोष बास्तोला सहित सदस्यहरु शान्ति कोइराला,गोमादेवी परियार,शान्त बहादुर थापा,गोविन्द प्रसाद सिग्देलले आजबाट पदभार ग्रहण गरेका छन् । पोखरा १२ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको थियो ।
वडा सचिव मन्जु ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यालय साहयक डम्वरजग गुरूङले गरेका थिए भने कार्यक्रम सञ्चालन सुचना अधिकारी शारदा बराल वाग्लेले गरेकी थिइन ।



Tags: ,