समाचार

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

पोखरा, २५ माघ/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण… पुरा पढौ

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

पोखरा, २४ माघ/ सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा… पुरा पढौ

पोखरामा बेहुला चढेको कार दुर्घटना

पोखरा, २२ माघ/  पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा शनिबार बिहान बेहुला चढेको कार दुर्घटनामा परेको छ । ग२च ३११७ नम्बरको जीपले ग२च ८५५२ नम्बरको कारलाई ठक्कर दिंदा दुर्घटना भएको हो । कारमा दुहली लिन जाँदै गरेका स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का बेहुला दीपक खत्री लगायत सवार थिए । उनी बेहुली लिन गैंडाकोट जाँदै थिए । दुर्घटनामा कार र जिपमा सवार सबैलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर… पुरा पढौ

लौ फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा, १८ माघ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । निगमले प्रेस विज्ञप्ति जारी गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा हालको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्यअनुसार पेट्रोल प्रति लिटर १४२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १२५ रुपैयाँ कायम भएको छ ।आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढेर ११६ रुपैयाँ कायम भएको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर १… पुरा पढौ

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा
पोखरा, १७ माघ/ गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम… पुरा पढौ

पोखरामा १ किलो सुनसहित युवक पक्राउ

पोखरा, १६ माघ/ कास्की प्रहरीले १ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले एक किलो आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए । काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेको तिवारीले जानकारी दिए ।… पुरा पढौ

थप बजेट माग्न गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीको टोली काठमाडौंमा

काठमाडाैं, १६ माघ / अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण प्रदेश भित्रका विकासे आयोजना अलपत्र पर्ने भएपछि गण्डकी प्रदेश सरकारले संघ सरकारलाई घच्घच्याएको छ । पूर्वाधार, खानेपानी समेत गरी झन्नै १६ अर्बका बहुवर्षे योजना ठेक्कामा अघिल्लो सरकारले लगाएका कारण कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले नयाँ योजना ल्याउन सक्ने अवस्था नै थिएन । नेकपा एमालेको सरकार ढल्नुभन्दा केही अघिसमेत गण्डकीमा बहुवर्षे योजनाहरु ठेक्का लगाइएको थियो । बहुवर्षे योजनाको १६ अर्बमध्ये चालु आवका लागि ५ अर्बमात्र विनियोजन भएको छ । रकम अभावकै कारण… पुरा पढौ

मनाङलाई हराउँदै एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ/ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत फ्रांकलिन कुटे… पुरा पढौ

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धन बैठक

पोखरा, १४ माघ/ राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धनको समीक्षा बैठक गरेको छ । माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ । बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो । समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई… पुरा पढौ

राष्ट्रिय सभाको निर्वाचनः गण्डकीबाट कमला पन्त, सुरेश आले र भुवनबहादुर सुनार बिजयी

पोखरा, १२ माघ / राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तीनै जना बिजयी भएका छन् । गठबन्धनबाट महिला तर्फ कांग्रेसकी कमला पन्त, खुल्ला र दलित तर्फ माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।  निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचन अन्तर्गत महिला कोटामा कमला पन्तल एमालेकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरीन्… पुरा पढौ