पोखरा १० मा नेपाली कांग्रेस प्यानल नै अगाडी

-


     क्लिक गण्डकी     
     जेठ ७ गते २०७९ मा प्रकाशित


पोखरा १० मा नेपाली कांग्रेस प्यानल नै अगाडी

पोखरा १० मा नेपाली कांग्रेस प्यानल नै अगाडी

पोखरा, ७ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । २५ सय मतगणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु झण्डै दोब्बर मतान्तरसहित अगाडि रहेका छन् ।

वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ३ सय १७ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ७ सय ३९ मत ल्याएर पछ्याईरहेका छन् ।

यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार १ सय ८१ र पूर्णचन्द्र न्यौपानले १ हजार १ सय ६५ मत प्राप्त गरेका एमाले उम्मेदवार कुमार थिङले ७ सय ९, शान्ति सुबेदीले ६ सय ८६ मत ल्याएर पछ्याईरहेकी छन् ।

त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार १ सय १४ ल्याउदा एमालेकी उम्मेदवार सीमाराईले ७ सय ५८ मत ल्याएकी छन् ।

दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार १ सय ६५ र एमाले उम्मेदवार शान्ति देवी परियारले ६ सय ८६ मत प्राप्त गरेकी छन् । वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।



Tags: , , ,