पोखरा १० वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङ सहित प्यानल विजयी

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०७९ मा प्रकाशित


पोखरा १० वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङ सहित प्यानल विजयी

पोखरा १० वडा अध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङ सहित प्यानल विजयी तस्बिरः सुर्दशन रञ्जित

पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेश गुरुङले १ हजार ८ सय ४९ मतसहित विजयी भएकी छन् । एमाले उम्मेदवार पवित्रा देवी गुरुङले ९ सय ८३ मत ल्याए ।

यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवार परमेश्वर बहादुर कार्कीले १ हजार ६ सय ७८ र पूर्णचन्द्र न्यौपानले १ सय ६ सय ४३ मत प्राप्त गर्दै विजयी भए । एमाले उम्मेदवार कुमार थिङले ९ सय ४४ र शान्ति सुबेदीले ९ सय २५ मत ल्याएर ।


त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवार नरदेवी गुरुङले १ हजार ६ सय ७६ ल्याउदा एमालेकी उम्मेदवार सीमाराईले १ हजार सय २५ मत ल्याएकी छन् ।

दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार सुनीमाया सार्कीले १ हजार ७ सय १२ र एमाले उम्मेदवार शान्ति देवी परियारले १ हजार २७ मत प्राप्त गरेकी छन् । वडा नम्बर १० मा ५ हजार ६ सय ७५ जना मतदाता रहेकोमा ३ हजार ४ सय ७५ मत खसेको थियो ।



Tags: , , ,