पोखराको सेदीमा रहेको एक सहकारीमा चोरी

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०७९ मा प्रकाशित


चोरी

चोरी

पोखरा, ८ जेठ/ पोखरा महानगरपालिका १८ सेदी स्थित सुनगाभा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

सहकारीबाट २ थान कम्प्युटर, १ थान सिसि क्यामेराको मनिटर र १ थान ब्याकअप हार्डड्राईभ शनिबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा आवस्यक अनुसन्धान भैरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।



Tags: