समाचार

नेपाली कांग्रेस गण्डकी प्रदेश सचिवमा प्रकाश बराल चयन

पोखरा, १० माघ/ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलयको सचिव पदमा प्रकाश बराल नियुक्त भएका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतवार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन् । बरालले नेपाली कांगे्रस प्रदेश कार्यलयमा प्रशासनिक प्रमुखको काम गर्ने छन् । बरालले यसभन्दा पहिले कास्की क्षेत्र नम्वर ३ को सभापतिको रुपमा काम गरिसकेका छन् । उनले प्रदेश तहमा प्रशासनिक आर्थिक तथा व्यवहारीक रुपमा अनुशासन कायम गर्दै कार्य संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पुरा पढौ

कर्मचारीमा कोरोना देखीपछि कास्की मालपोत र नापी कार्यालय एक हप्ता सेवा बन्द

पोखरा, १० माघ/ कास्कीका मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि सेवा प्रभाह बन्द भएको छ । दुबै कार्यालयमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै एक हप्ता सेवा बन्द गरेको जनाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । माघ ११ देखि माघ १७ गते सम्म सेवा बन्द गरेको जनाएको छ । पुरा पढौ

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा, १० माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि अर्को सुचना नआए सम्मका लागि सेवा बन्द गरेको जनाएको छ । यसअघि… पुरा पढौ

पोखरा निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

पोखरा, ८ माघ/ पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् । ३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । ‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि… पुरा पढौ

नेपाली काग्रेस कास्कीको कोषाध्यक्ष माइकल कर्माचार्य

पोखरा, ८ माघ/ नेपाली कांग्रेस कास्कीको कोषाध्यक्षमा माइकल कर्माचार्य नियुक्त भएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालको सभापतित्वमा शनिबार बसेको जिल्ला समितिको बैठकले कर्माचार्यलाई कोषाध्यक्ष नियुक्त गरेको हो । अध्यक्षले राखेको प्रस्ताव पारित भएको सचिव भानु ढकालले जानकारी दिए । कर्माचार्य ग्रुपका निर्देशक माइकलले जिल्ला कार्यसमितिको निर्वाचनमा खुलाबाट सदस्य जितेका थिए । कांग्रेस विधानमा निर्वाचित सदस्यमध्ये एकजनालाई सभापतिले कोषाध्यक्ष नियुक्त गर्न सक्ने प्रावधान छ । बैठकले पार्टीका जिल्ला उपसभापति रामबाबु भण्डारीलाई जिल्ला प्रशिक्षण शाखाको संयोजक नियुक्त गरेको छ… पुरा पढौ

प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा जुटेको छः मुख्यमन्त्री पोखरेल

पोखरा, ६ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् । कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’ नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

पोखरा, ५ माघ / पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् । संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो । कार्यक्रममा व्यवसायीहरुले बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिए भने सिटिइभिटीबाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो । बजारको आवश्यकता अनुरुपको तालिम छिट्टै संचालनमा ल्याइने पनि सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सानो पुँजीबाटै… पुरा पढौ

पोखरामा ४२ तोला अवैध सुनसहित २ जना पक्राउ

पोखरामा ४२ तोला अवैध सुनसहित २ जना पक्राउ
पोखरा, ४ माघ/ कास्की प्रहरीले ३९ तोला अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा चेकजाचका क्रममा करिब ३९ लाख मूल्य बराबरको अवैध सुनसहित बागलुङ नगरपालिका ७ का २० वर्षीय अम्मर विश्वकर्मा र म्याग्दी अन्नपूर्ण २ का २९ वर्षीय अङ्कित सुनार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । कास्कीमा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरुीले सवारीसाधन चेक जाँच गर्ने क्रममा विश्वकर्माको साथबाट माघ १ गते २० तोला ४३… पुरा पढौ

नयाँबजारमा भूकम्प सुरक्षा दिवस

पोखराको नयाँबजारमा स्थानीय आइतबार भूकम्प सुरक्षा दिवस मनाएका छन् । विसं १९९० माघ २ गते गएको भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । गोरखा भूकम्पछि स्थानीयले आश्रय लिएको पोखरा नयाँबजारको चौरलाई खुला चौरकै रुपमा छाड्न स्थानीयले माग गरेका छन् । त्यहाँ पोखरा महानगरपालिकाले भवन बनाउन लागेको छ । अघिल्लो साल ७० लाख खर्चेर बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन भत्काएर महानगरले भवन बनाउन लागेको हो । चारैतिर बाटो भएकाले मापदण्ड… पुरा पढौ

माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।प्रदेश प्रमुख गुरुङले एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँने र नयाँ वर्ष मान्ने गरेको बताउनु भयो । उहाँले मगर… पुरा पढौ