
ढकनाथ कडेल
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ३१ को वडा अध्यक्षमा नेपाली काग्रेसका ढकनाथ कडेल विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार चिरन्जीवी बन्जरालाई हराए ।
२०५४ सालको स्थानीय निवार्चनमा पनि यिनै दुई जना भिडेका थिए । लेखनाथ नगरपालिका वडा नम्बर ९ हुदाँ कडेलले बन्जरालाई ७० मतले हराएका थिए । वडा अध्यक्ष नेपाली काग्रेसले जिते पनि चार जना सदस्य भने नेकपा एमालेले जितेको छ ।
वडा सदस्यमा देवन्द्रराज अधिकारी, विनोदमणी लामिछाने विजयी भए । त्यसै गरी महिला सदस्यमा धनदेवी तिवारी र दलित महिला सदस्यमा तारा नेपाली विजयी भइन् । एमालका नेता खगराजको वडा हो ।