
धनराज र मन्जु
पोखरा, ८ जेठ/ पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कार्यम राखेका छन् ।
आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७ मतले अगाडी छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।
उनलाई एमालेका कृष्ण थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।
नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता फराकीलो बताउदै लगेकी छन् । मञ्जुले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् ।
मञ्जुले कोपिलालाई सगँ २ हजार ३ सय ६० मत अन्तर अगाडी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाकि छ ।
पोखरा अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, २०, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सकिएको छ ।
जसमा नेपाली काग्रेसले २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा विजय हासिल गरेको छ भने नेकपा एमालेले १, ५, ६, ८, १५, २० र २९ वडामा विजयी हासिल गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।