युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन
पोखरा, ८ जेठ/ नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयस मल्ल चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
मञ्चको ईमिडियट पास्ट प्रेसिडेन्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट ईलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई.विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् ।
यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन शत्रमा बोल्ने सदस्यहरुले मञ्चले कोभिडका बेला अध्यक्ष सुनिलबहादुर भट्टराईको नेतृत्वमा सचेतना जगाउन, विरामीहरुलाई आवश्यक सहयोग गर्नेलगायतका उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।