पोखराको लेकसाइडमा नवजात शिशु मृ*त फेला, १९ वर्षीया युवती पक्राउ

-


     क्लिक गण्डकी     
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


पोखराको लेकसाइडमा नवजात शिशु मृत फेला, १९ वर्षीया युवती पक्राउ

पोखराको लेकसाइडमा नवजात शिशु मृत फेला, १९ वर्षीया युवती पक्राउ

पोखरा, १२ कात्तिक/ पोखराको लेकसाइडस्थित एक घरको शौचालयको च्याम्बर भित्र नवजात शिशु मृत फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादाँ १९ वर्षीया युवतीलाई पक्राउ गरेको छ ।

कात्तिक ३ गते साँझ करिब ७ः४० बजे शौचालयको च्याम्बरभित्र नवजात शिशु मृत अवस्थामा फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा उक्त शिशु पोखरा महानगरपालिका–२१, कृष्ती माइत भई स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ घर भएकी १९ वर्षीया निरूता नेपालीको रहेको खुलेको प्रहरीले जनाएको छ।

नेपाली हाल पोखरा लेकसाइडस्थित तोडबहादुर थापाको घरमा भाडामा बस्दै आएकी थिइन्।

प्रहरीले कात्तिक ४ गते पोखरा–२१ को लुकुमस्वराबाट उनलाई पक्राउ गरेको छ । पक्राउ पछि चिकित्सकबाट स्वास्थ्य परीक्षण गराइएको र अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको कास्कीका प्रहरीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।