
आगोलागि
पोखरा, ११ कात्तिक/ स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ५ जगत भञ्ज्याङमा पर्ने वालिङ–चापाकोट भित्री पक्की सडक खण्डमा गुडिरहेको स्कुटरमा आगलागी भएको छ ।
ग १६ प ६१४५ नम्बरको टिभिएस कम्पनीको एन्टरक १२५ सिसीको स्कुटरमा मंगलबार साँझ आगलागी हुँदा स्कुटर पूर्ण रुपमा क्षति भएको छ ।
चापाकोट नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २१ वर्षका मन्दिप विकले चलाएको स्कुटरमा साँझ अन्दाजी पौने ६ बजेको समयमा गुडिरहेकै अवस्थामा आगो सल्किएको थियो ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सडकमा गुडिरहेका बेला एकाएक आगो सल्किएपछि चालकले ओर्लिएर ज्यान जोगाएका थिए ।







