पोखरा–११ मा वडाअध्यक्षमा प्रेमप्रसाद कर्माचार्य सहित कांग्रेसको प्यानल नै बिजयी
पोखरा, ९ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य १ हजार ९ सय ६० मत ल्याएर बिजयी भएका छन् ।
उनी प्रतिपक्षी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङलाई २ सय ५० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । पराजित गुरुङले १ हजार ७ सय १० मत पाए ।
खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरु विष्णुप्रसाद घिमिरे १ हजार ६ सय ९९ र सुशील बास्तोला १ हजार ८ सय ३२ मत ल्याएर बिजयी हुँदा एमालेका उम्मेदवारहरु कार्लोस गुरुङ १ हजार ४ सय १५ र विष्णुप्रसाद आचार्यले १ हजार २ सय ८४ मत प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेस उम्मेदवार रन सुबा गुरुङ १ हजार ९ सय ६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार चन्द्रा शर्माले १ हजार ५ सय ६९ प्राप्त गरिन् ।
त्यस्तै दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार टुकुरादेवी परियारले १ हजार ९ सय ४० मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार हेमाकुमारी नेपाली १ हजार ५ सय १७ मत ल्याएर पराजित भईन् ।