पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेकी गुरुङ विजयी

-


     क्लिक गण्डकी     
     जेठ १० गते २०७९ मा प्रकाशित


धनराज आचार्य

धनराज आचार्य

पोखरा, ११ जेठ/ पोखरा महानगरपालिका प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो ।

उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५ सय ४६ मत प्राप्त गरीन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढि ल्याइन् । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ प्राप्त गरीन् ।

प्रमुख पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गरे भने स्वतन्त्र लौरो चिन्नका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे ।

पोखराका ३३ वटा वडामा नेपाली काग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उमेद्वारले वडा अध्यक्ष्मा विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भए पछि एमालेका उमेद्वार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिएका थिए ।



Tags: , , , ,