पोखरा महानगरपालिको ५१ प्रतिशत मतगणना, १७, ३० र ३१ मतगणना शुरु हुदै

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०७९ मा प्रकाशित


पोखरा, ६ जेठ/ पोखरा महानगरपालिकामा मतगणना जारी छ । शुक्रबार राती देखी पोखरा १७, ३० र ३१ को मतगणना शुरु हुन लागको छ । अहिले १०, ११, १४, १५, २७, २८ र २९ गणना भइरहेको छ ।

अहिले सम्म पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । महानगरमा खसेको मतको ५०.९१ प्रतिशत गणना सम्पन्न भएकोमा आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् ।

मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् ।

मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् । उपमेयरमा रानाभाटले र गुरुङलाई ८४ मतान्त्रले अगाडी छन् ।

त्यस्तै उपमेयरमा अर्की उम्मेदवार राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले २ हजार ९ सय ६९ मत प्राप्त गरे । पोखरामा मेयर र उपमेयरका अन्य उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गर्न सक्नुभएको छैन ।

कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जस मध्ये नेपाली काँग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।



Tags: , , ,