मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध

-


     क्लिक गण्डकी     
     जेठ १३ गते २०७९ मा प्रकाशित


मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध

मुल्यवृद्धीका विरुद्ध थाल ठटाएर प्रदर्शन, मोटरसाइकल डो¥याएर विरोध

पोखरा, १३ जेठ/ पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध बिहीबार पोखरामा प्रदर्शन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सडकमा थाल ठटाएर प्रदर्शन गरेको हो । राप्रपा कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीका विरुद्ध मोटरसाइकल सडकमा डो¥याएका थिए ।

मुल्यवृद्धीका विरुद्ध राप्रपा कास्कीले बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए । मुल्यवृद्धी रोक्न माग राख्दै श्रृङ्खलावद्ध आन्दोलन थालेको राप्रपाले विहिबार सडक प्रदर्शन गरेको हो । खाद्यान्नको मुल्य वृद्धीले सर्वसाधारण खाद्यान्न खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै रित्तो थाल ठटाएका थिए । यस्तै, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीले सवारी साधनमा तेल हाल्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले डो¥याएका थिए ।

मुल्यवृद्धीका विरुद्ध रित्तो थाल ठटाएर र मोटरसाइकल डो¥याएर सांकेतिक विरोध गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन थालेका छौं, सरकारले समयमै सुनोस् भनेर रचनात्मक प्रदर्शन गरको हौं,’ गिरीले भने । पोखराको पालिखेचोकदेखि विपीचोकसम्म प्रदर्शनपश्चात बोल्दै राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले मुल्यवृद्धी फिर्ता नभए आन्दोलन सशक्त पार्ने चेतावनी दिए ।

‘जनताले न्युनतम उपभोग्य वस्तु पनि किन्न सक्ने अवस्था छैन, सर्वसाधारण जनता खान र बाँच्न पनि नसक्ने अवस्था आउँदैछ,’ उनले भने, ‘अरु दलहरु कमिसनमा लिप्त छन्, राप्रपा जनताको आवाज बोल्छ ।’ सरकारले निरन्तर पेट्रोलियम पदार्थको मुल्यवृद्धी गर्दा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको समेत मुल्य बढेको उनले बताए । देश आर्थिक संकटमा रहँदासमेत सरकार र राजनीतिक दलहरुले चासो नदिएको उनको अरोप छ ।

‘देश चरम आर्थिक संकटतर्फ उन्मुख भएका बेला जनताको ढाड सेक्ने गरी सरकारले मूल्यवृद्धि गरेको छ, त्यो राम्रो होइन’, अध्यक्ष गुरुङले भने, ‘हामीले तत्काल मूल्यवृद्धि रोक्न अपील गरेका हौँ । हाम्रो यो शान्तिपूर्ण दबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’