पोखराका मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी

-


     क्लिक गण्डकी     
     जेठ १५ गते २०७९ मा प्रकाशित


पोखरा मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी

पोखरा मेयर धनराज आचार्यले रोपेको फुल शनिबार राति चोरी

पोखरा, १५ जेठ /पोखरा मेयर धनराज आचार्यले पदभार ग्रहण गर्न आगडी पोखरा रोपेको फुल चोरी भएको छ । पोखरा ७ नुवारथोकमा रोपेको फुल शनिबार राति चोरी भएको हो ।

उनले रोपको फुल सहित अन्य फुलहरु पनि चोरी भएको स्थानीयले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटर देखी ७ र ६ को हल्नचोक सम्मको डिभाडरमा पदभार ग्रहण अगाडी मेयर सहित अन्य जनप्रतिनिधिहरुले फुल रोपेका थिए ।

ति मध्ये केही फुल शुक्रबार राति चोरी भएको थियो भने केही शनिबार चोरी भएको छ । चोरी भएप्रति नगरबासिले सामाजीक सञ्जाल मार्फत विरोध गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका निबर्तमान अध्यक्ष विष्णुहरी अधिकारीले विरोध गरेका छन् । उनले लेखेका छन् उनले लेखेका छन् सौन्दर्यताको जगेर्ना गर्ने दायित्व जनताको पनि हैन र ?

हामी नागरिक हरुमा ईमान्दारीता र नैतिकता खोई ?
केहि दिन अघिमात्र नवनिर्वाचित मेयर , उपमेयर लगायत का जनप्रतिनिधि हरु द्वारा जिरो कि मि देखि हल्लने चोक सम्मको डिभाईडरमा फुलका बिरुवाहरु रोपेर शुभारम्भ गरिएकोमा आज ती फुलहरु गायव भैसकेका रहेछन् ।
के यो सौन्दर्यताको जगेर्ना गर्ने दायित्व जनताको पनि हैन र ?
सार्वजनिक स्थानमा सुन्दर फुल बिरुवाहरु फुल्न फक्रन हुदैन र ?
ती …… हरु जस्ले बिरुवा उखेलेर लगे धिक्कार छ तिनिहरुलाई ।



Tags: