समाचार

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा पर्यटन बसपार्क उपत्यका नगरविकास समितिलाई हस्तान्तरण
पोखरा, २२ असार/ पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमको आयोना गरि विभागले बुधबार उपत्यका नगरविकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । बसपार्कको स्वामित्व हस्तान्तरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कैपनि उत्साह थप्ने अपेक्षा प्रकट गरे । उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विस्वस्त रहेको उनले… पुरा पढौ

जग्गा भाडामा लगाउँदा त्रुटी भए सम्झौता खारेज गर्ने अधिकार समितिलाई छः निवर्तमान मेयर जिसी

मानबहादुर जिसी
पोखरा, २२ असार/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक विज्ञप्ति निकालेर उनले पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन् । उनले कुनै पनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह समेत विज्ञप्ति मार्फत् गरेका… पुरा पढौ

पोखराको सार्वजनिक जग्गा भाडामा दिने सम्झौता रद्ध गर्न माओवादीको माग

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले सरकारी जग्गा निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको छानबिन गरी कानुनी कारवाही गर्न माग गरेको छ । व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सबै राजनीतिक दल चुनाब केन्द्रीत गतिविधिमा रहेका बेला… पुरा पढौ

भाई कुलदीपलाई सम्झँदै रानामगरद्वारा अस्पताललाई ‘बिरामी कुरुवा बेड’ सहयोग

भाई कुलदीपलाई सम्झँदै रानामगरद्वारा अस्पताललाई ‘बिरामी कुरुवा बेड’ सहयोग
पोखरा, २१ असार / पत्रकार गिता रानामगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ‘बिरामी कुरुवा बेड’ सहयोग गरेका छन् । स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामा पत्रकार रानामगरले प्रसुती तथा स्त्री रोग भवनको शिशु वार्डमा ३ थान बिरामी कुरुवा बेड सहयोग गरेका हुन् । बिरामी करुवा बेड पत्रकार रानामगरले अस्पतालका प्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे । सो अवसरमा बोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामा अस्पतालको शिशु वार्डमा आवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको… पुरा पढौ

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

दुर्घटना
रामेछाप, २१ असार/ रामेछापको बेथानबाट काठमाडौं जादै गरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मंगलबार बिहान काठमाडौं जादैगरेको बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको डीएसपी राजकुमार थिङले जानकारी दिए । प्रहरी टोली र स्थानीयले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पु¥याउने तयारी भएको छ । पुरा पढौ

जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा

पोखरा उपत्यका नगर विकास समिति
पोखरा, २१ असार/ जाँदाजाँदै पोखराका मेयरले ६३ रोपनी जग्गा ठेक्कामा लगाएको खुलासा भएको छ । कार्यकाल सकिन २ दिन बाँकी रहँदा पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले ६३ रोपनी सरकारी जग्गा ठेक्कामा लगाएको खुलेको हो । उनले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्क र गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय, कास्की नजिकै रहेको सवारी ट्रायल सेन्टरको जग्गा ठेक्कामा दिएको खुलेको हो । जेठ ५ मा मेयर जिसीको कार्यकाल सकिने थियो उनले जेठ ३ गते ठेक्कामा लगाएका छन् । गल्फ कोर्सको ४० रोपनी,… पुरा पढौ

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर

पोखरा न्युरोडको मुद्धा जितेको जग्गामा पार्किङ बनाउदै महानगर
पोखरा, २० असार/ पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका… पुरा पढौ

चुनावदेखि झगडा, पछि हत्या, मेयर पक्राउ

किशोर हत्याकाण्डमा मुछिएकी मेयर अम्बिका चलाउने (माथि) र हत्या गरिएका विनोद शाही।
अछाम, २० असार/ अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । १७ बर्षिय विनोद शाही जेठ २१ गते गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यस्तै, वडा–४ का कर्णबहादुर शाही,… पुरा पढौ

मेयर आचार्यद्धारा पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण

धनराज आचार्य
पोखरा, १७ असार/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् । सहिदचोक स्थित कार्यालयमा विहीबार विहान ७ बजे उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले पोखरा उपत्यका नगरविकास समितिको नाममा कति जमिन कस्तो अवस्थामा छ भनेर एक महिना भित्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । ‘पोखरामा पोखरा उपत्यका नगरविकास समितिसंग प्रसस्त जग्गा छ । तर, के कति छ भन्ने लेखाजोखा नै राखिएको छैन र संरक्षणमा समेत ध्यान दिइएको छैन भन्ने… पुरा पढौ

पोखरामा ४६ लाख सहित तीन चिनियाँ र एक नेपाली पक्राउ

होटल ब्रज इन्
पोखरा, १६ असार/ कास्की प्रहरीले पोखराको ड्यामसाइडबाट करिब ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ गरेको छ । शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा कास्की प्रहरीले बिहीबार छापा मार्दा ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँसहित पक्राउ गरेका हुन् । पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत उनीहरूले खुलाउन नसकेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । पक्राउ पर्ने ककनी गाउँपालिका– ७ का सुमन तामाङ र तीन जना चिनियाँ नागरिकको पहिचान खुलेको छैन । पक्राउ पर्ने… पुरा पढौ