समाचार

पोखरा २५ हेम्जामा ट्रकले मोटर साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

दुर्घटना
पोखरा, १६ साउन/ पोखरा २५ हेम्जामा आइतबार साझँ दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा पोखराबाट हेम्जा तर्फ जाँदै गरेको ग १७ प १९७० मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिंदा मोटर साइकल चालकको ज्यान गएको हो । मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ बर्षिय नवराज नेपाली रहेका छन् । दुर्घटना पछि मोटरसाइकलमा आगोलागी भएको र नेपालीको शरीर जली घाईते भएको उनको मणिपाल शिक्षण अस्पताल पोखरा चिकित्सकले मृत घोषणा… पुरा पढौ

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते

पोखरामा भारी वर्षा, ठाउँ ठाउँमा पहिरो र डुवान, एक मृत्यु दुई घाइते
पोखरा, १६ साउन/ पोखरा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । आइतबार साँझदेखी सोमबार बिहान सम्म वर्षा भइरहेको छ । वर्षाका कारण कतै पहिरो गएको छ भने कतै डुवान भएको छ । पोखरा ६ डिहिकोपाटनमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन्… पुरा पढौ

पोखरा ६ डिहिकोपाटमा पहिरोले घर पुरिदा एकको मृत्यु दुई घाइते

सागर राज तिमिल्सिनापोखरा, १६ साउन/ पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाई हुन् । सुनिताको पोखराका गण्डकी मेडिकल केलजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । सुनितको अवस्था मध्ये रहेको र सिमन सामान्य घाइते… पुरा पढौ

खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प

भूकम्प
खोटाङ, १५ साउन/ खोटाङ केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का खोटाङ वरपरका जिल्ला सहित काठमाडौं उपत्यकामा पनि महशुस भएको हो । खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइसकेको छैन । पुरा पढौ

महानगर सम्मेलन ७ बुदे घोषणापत्र जारी, महानगरपालिकालाई छुट्टै ऐनको माग

महानगर सम्मेलन
पोखरा, १५ साउन/ महानगरका मेयरहरुको पोखरा सम्मेलनले ७ बुदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । घोषणापत्रको पहिलो नम्बरमा नै संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन निर्माण गर्ने माग गरेका छन् । शनिबार सम्पन्न भएको बैठकको आइतबार पत्रकार सम्मेलन संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएका हुन् । सेवालाई प्रभावकारी बताउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि संघीय… पुरा पढौ

महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे

महानगरका प्रमुखहरूद्वारा सराङकोटमा लालीगुराँस सारे
पोखरा, १४ साउन/ देशभरका महानगर प्रमुखहरूको उपस्थितिमा सराङकोट शिव मन्दिर भ्यु टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवाहरू सारिएको छ । महानगर मेयर सम्मेलन २०७९ का लागि पोखरा आउनुभएका ६ वटै महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा सार्नु भएको हो । पोखरा आसपासका अग्ला डाँडाहरूमा लालीगुराँस रोप्ने र खालि जग्गामा सौन्दर्यीकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवाहरू सारिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । साथै अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले… पुरा पढौ

गण्डकी प्रदेशमा ४ जना विद्यार्थीलाई ४ जीपिए

पोखरा, १४ साउन/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार गण्डकी प्रदेशमा ४ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् । पछिल्लो समाचार अनुसार कास्कीबाट दुई र लम्जुङबाट दुई जना विद्यार्थीले ४ जीपिए ल्याएका हुन् । कास्कीको पोखरा ७ मासबारमा रहेको डिज्निल्याण्ड एकेडेमीकी रितिका न्यौपाने, कास्की लुम्लेको बालमन्दिर माविका अभिषेक न्यौपानेले ४ जीपीए ल्याएका हुन् । अर्धसरकारी यस विद्यालयमा कक्षा ५ बाट पढ्दै आएका स्याङजा घर भएका न्यौपानले ४ जीपीए ल्याएका हुन् । काठमाडौंको बुढानिलकण्ठ विद्यालयले छनौट गरी पठाएका १० मध्ये एक… पुरा पढौ

इन्जिनमा समस्या आएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

यति एयरलाइन्स
पोखरा, १३ साउन/ पोखराबाट शुक्रबार बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइनको जहाजको बायाँ इन्जिनमा समस्या आएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी पाएको थिए । जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए । जहाजमा ४५ जना यात्रु थिए । जहाजको काठमाडौंबाट इन्जिनियरहरु आएर समस्या समाधानको पहल गरेका छन् । पुरा पढौ

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु

पोखरामा महानगरका मेयर र उपमेयर सम्मेलन शुरु तस्बिरः सुर्दशन रञ्जित
पोखरा, १३ साउन/ पोखरामा नेपालका ६ वटा महानगरपालिकाका प्रमुख र उपप्रमुख ‘मेट्रोमिट नेपाल’ शुरु भएका छ । दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याका बारेमा छलफल र मेयर÷उपमेयरको अनुभव आदान प्रदान गर्ने छन् । आइतबार पोखरा घोषणापत्र जारी गर्दै सकिने पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । सम्मेलनमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको छ । पहिलो दिन मेयर÷उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनमा भएका… पुरा पढौ

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता

पोल्याण्डका राजदुत बुराकोव्स्की र महानगर प्रमुख आचार्य बिच भेटवार्ता
पोखरा, १३ साउन/ नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । सन १९९२ मा कन्चनजंगा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन् । उनले नेपालको अन्नपुर्ण… पुरा पढौ