पोखरामा एटिएम फोरेर चोरी गर्ने भारत भाग्दै गर्दा पक्राउ

-


     क्लिक गण्डकी     
     भाद्र ५ गते २०७९ मा प्रकाशित


लेखनाथको अर्घाैंचोकको बैंकको एटिएम फोर्ने एक जना पक्राउ

एटिएम फोर्ने एक जना पक्राउ

पोखरा, ५ भदौं/ पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोरेर चोरी गर्ने एक जनालाई प्रहरील पक्राउ गरेको छ ।

चोरीमा गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने २१ बर्षिय अनिश तामाङलाई पक्राउ गरेर आइतबार सार्वजनीक गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रूपन्देही बेलहिया नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी जानकारी दिए ।

तामाङले पोखरा २६ अघौंचोकमा रहेको एनएमबी बैंकको एटिएम विना हातहतियार खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँचसय रुपैयाँ चोरी गरेका थिए ।

वैशाख यता पोखरामा ४ पटकसम्म एटिएम मेसिन फोडेर रकम निकाल्ने प्रयास भएको थियो । पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

ATM मेसिन फुटाली रकम चोरी गर्ने एक जना मानिस पक्राउ

‍==================================

मिति २०७९।०४।०३ गते बिहान ०१:४५ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२६ अर्घौ चोक स्थित रहेको NMB बैकको ATM बुथमा रहेको मेसिन फोरी रकम चोरी भएको भन्ने सूचना प्राप्त भएको र सोही मिति २०७९।०४।०३ गते बिहान ०२:०८ बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ तालचोक स्थित रहेको NIC ASIA बैकको ATM मेसिन फोर्ने प्रयास भएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दा उक्त दुबै घटना घटाउने व्यक्ति एउटै हुलिया भएको पाईएको सो घटनामा ग १० प २९६३ नम्बरको मोटरसाईकल र हेल्मेट समेत प्रयोग भएको देखिएकोले उक्त मो.सा. धनी खोजतलास गरी बुझ्दा उक्त मो.सा. सोही राती चोरी गरेको भन्ने खुल्न आएकोले थप अनुसन्धानको लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले मिति २०७९।०५।०२ गते जिल्ला रूपन्देही बेलहिया (नेपाल भारत सिमा नजिक) बाट भरत तर्फ जाँदै गरेको अवस्थामा जिल्ला पूर्वी नवलपरासी देवचुली न.पा.५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० डुँडाको मुख बस्ने वर्ष २१को अनिस तामाङलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन सात (७) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको ।



Tags: ,