समाचार

कास्कीमा एउटै रूखमा युवा र युवतीको शव फेला

पोखरा, २७ असार/ कास्की अन्नपूर्ण गाउँपालिकाको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा युवा र युवतीको शव फेला परेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ पानी पोखरी भन्ने स्थानको जंगलमा युवा र युवती एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । काभ्रेपलान्चोक बनेपा नगरपालिका १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापालाई झुनिडएको अवस्थापमा स्थानीयले फेला पारेका थिए । घासँ काट्ना जादा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कास्की नागडाडा प्रहरी पोष्टबाट घटनास्थल पुगेको… पुरा पढौ

गण्डकी रत्नबाट महावीर पुन सम्मानीत, अनुसन्धानका लागि गण्डकी प्रदेशको १० करोड बजेट

गण्डकी रत्नबाट महावीर पुन सम्मानीत
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन देश बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै… पुरा पढौ

गण्डकीमा असार २९ गते सार्वजनिक विदा

सार्वजनिक विदा
पोखरा, २७ असार/ गण्डकी प्रदेश सरकारले असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ । आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । पुरा पढौ

ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेललको निर्देशन

पोखरा, २७ असार / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने… पुरा पढौ

पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन

पर्यटन बसपार्क पोखरा
पोखरा, २६ असार/ पोखराको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडि जग्गा भाडामा दिएको विषयमा छानबिन समिति गठन गरेको हो । शनिबार पोखरा उपत्यका नगर विकास समिति बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी,… पुरा पढौ

पर्यावरणीय संरक्षणलाई जोड दिदै, दुई शताव्दी पुरानो चौतारा निर्माण

चौतारो
पोखरा, २५ असार/ पर्यावरणीय संरक्षणमा जोड दिदै पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरमा कृयाशिल सिलिङ्गे महिला चेतना समूहले दुई शताव्दी पुरानो सिलिङ्गे चौतारा निर्माण गरेको छ । प्राचीन कालदेखि अस्तित्वमा रहेको र करिब ३० वर्ष अघि विकास निर्माणका नाममा सिलिङ्गे चौतारा मासिएपछि उक्त स्थानको पहिचानलाई कायमै राख्ने गरी उक्त स्थानमा पुनः चौतारा निर्माण गरिएको हो । गण्डकी प्रदेश सकारको एक लाख ५० हजार रुपैयाँ सहयोगका साथै स्थानीयवासीको सहयोग समेत गरी दुई लाख ३५ हजार ५७५ रुपैयाँको लागतमा चौतारा निर्माण… पुरा पढौ

पोखरा, काठमाडौ र लुम्बिनीमा हिमालयन भीगन महोत्सव

पोखरा, काठमाडौ र लुम्बिनीमा हिमालयन भीगन महोत्सव
पोखरा, २५ असार/ हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली ज्ञान तथा सचेतनाबारे जानकारी दिन नेपालका तीन ठाउँमा ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले पोखरामा पत्रकार सम्मेलन गरेर महोत्सवका बारेमा जानकारी दिएको छ । नेपालमै पहिलोपल्ट गर्न लागिएको महोत्सव पोखरा, काठमाडौँ र लुम्बिनीमा हुने अर्गनाइजेशनका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए । महोत्सवमा विश्वका विभिन्न देशका करिब २५० देखि ३०० ख्यातिप्राप्त व्यक्तिसहितका भेगन सदस्यको सहभागिता रहने बताए । तीन चरणमा हुन महोत्सवमा भदौ २८ देखि २९ गतेसम्म लुम्बिनी… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री, मन्त्री र नेताका परिवारका नाममा ट्रस्ट र स्मृतिपार्क बनाउन करोडौँ बजेट

रामजीप्रसाद बराल
विशन क्षेत्रीपोखरा, २४ असार/ गण्डकीमा मुख्यमन्त्रीदेखि मन्त्री, केन्द्रीय नेताहरूले स्वर्गीय मातापिताको नाममा ट्रस्टदेखि स्मृतिपार्क बनाउन आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा करोडौँ रकम छुट्याएका छन् । स्वर्गीय मातापिताको नाममा बजेट छुट्याउनेमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि मन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय नेता अर्जुनप्रसाद जोशी छन् । मुख्यमन्त्री पोखरेलका स्वर्गीय पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । व्यास नगरपालिका १० मा गोवर्द्धन स्मृति कोषका लागि भनेर सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी ५० लाख रुपैयाँ… पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै ज्ञापनपत्र

पोखरा, २३ असार/ राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिले पोखरा उपात्यका नगर विकास समितिका निवर्तमान अध्यक्ष मानबहादुर जिसीले पोखराको तीन ठाउँको जग्गा भाडादिने गरेको सम्झौता खारेजीको माग गरेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डे सहितको टोलीले पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउदै सम्झौताको खारेजीको माग गरेको हो । कार्यकाल सकिनै लाग्दा अपारदर्शी र शंकास्पद तबरले पोखराका विभिन्न स्थानको ६३ रोपनी सरकारी जग्गा निजी क्षेत्रलाई दिएकोमा गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ । कार्यकाल सकिनै… पुरा पढौ

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट
पोखरा, २३ असार/ पोखरामा घरमा रङलागउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर सिन्धुली घर भई हाल पोखरा १७ घारीपाटन बन्ने करिब ४० बर्षिय कृष्ण बहादुर रानामगरको मृत्यु भएको कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए । हाईटेन्सन विद्युत लाईनको तारमा छोइन गई दुई तले घरबाट खस्दा मृत्यु भएको तिवारी बताए । रानामगरको… पुरा पढौ