डगडान्स के नेपाली सस्कृतिको नृत्य हो ?
पोखरा ११, भदौं/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तीजको नाममा डगडान्स जस्ता नृृत्यले तिजको मौलिकपन हराउदै विकृति फैलिदै गएको बताउनु भएको छ । पर्वतको कुश्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्क युवा क्लवको आयोजनामा यही भदौं १४ गतेसम्म संचालन हुने तीज मेला तथा पुरुष भलिवल प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री बरालले बताए ।
तीजमा हुने कार्यक्रम कुनै न कुनै नेपाली पन झल्कनु पर्ने उहाँको भनाई थियो । अहिलेका तीज गीतमा समृद्धि र संघियताको बारेमा आम जनतालाई बुझाउने गरी गीत प्रस्तुतः गर्न महिलाहरुमा उहाँले आग्रह गर्नु भयो । निर्वाचन आचार संहिता छिट्टै लागु भएमा चाहेर पनि बजेट व्यबस्थापन गर्न नसकिने मन्त्री बरालले बताउदै सडक स्तरोउन्नती गर्न केही पहल गर्ने वचन दिनु भयो । आर्थिक बर्ष २०८०÷०८१ मा फुलवारी देखि आर्थर डाँडा र सदरमुकामसम्म जोड्ने कालोपत्रे सडक निर्माणमा बिषेश पहल गर्ने बताउनु भएको छ ।
राजनितीक दलहरुमा बहुमत र प्रतिष्प्रर्धा भन्दा सहमती प्रणालीबाट अघि बढ्दा नेपालको आर्थिक विकास र समृद्धि हुने बताउनु भयो । समृद्धिको जग नबन्दासम्म प्रतिष्प्रर्धा भन्दा सहमती प्रणालीमा जानु उपयुक्त हुने मन्त्री बरालको भनाई थियो । उहाँले भन्नु भयो “आर्थर डाँडामा आउदै गर्दा क्लव, आमा समुह, बिद्यालयबाट गरिएको आतिथ्यता मेरो लागि ठुलो पूंजि हो ।”
कुश्मा नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रुद्रमोहन रिमालले पछिल्लो समयमा युवाहरु विदेशीले क्रम बढेको अबस्थामा यस्ता मेला महोत्सव गर्नु प्रशंम्सनिय कार्य भएको बताउनु भयो । सदरमुकाम जोड्ने सडक अझै जिर्ण भएको बताउदै उहाँले आर्थर डाँडाखर्कबासी विकास दिने भगवानको खोजिमा भएको जनाउनु भयो । वडामा यस चालु आर्थिक बर्षमा ४० लाखको मात्र बजेट विनियोजन भएको अध्यक्ष रिमालले बताउनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष त्रिभुवन पौडेलले आफ्नो पहलमा यस क्षेत्रमा केही बर्ष अघि ६४ करोडको बजेट पारे पनि केही नेता तथा सांसदहरुको कारण कार्यान्वयनमा समस्या भएको गुनासो गर्नु भयो । फुलवारी, नेटा, तिलाहार–राम्जा सडकको योजनामा परेको बजेट आन्तरिक बिबादको कारण कार्यान्वयन नहुदा आफुलाई निकै दुःख लागेको बताउदै उनले अर्थ मन्त्री बराल समक्ष बजेट विनियोजन गर्न माग गर्नु भयो ।
क्लवका अध्यक्ष कमल गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय मेख बहादुर गुरुङ, नेपाली कागेंसका मान बहादुर क्षेत्री, माओबादी केन्द्रका युवा नेता अनुपम पौडेल, पन्चकोशी माविका प्रध्यानाध्यापक प्रकाश सापकोटा, आर्थर डाँडाखर्क कतार समाजका संस्थापक अध्यक्ष धन सुनार खाती, क्लवका उपाध्यक्ष सुदिप शर्मा, सचिब लक्ष्मण शर्मा लगायतले आर्थर डाँडाखर्कको आर्थिक विकास र समृद्धिको लागि सडक स्तरोउन्नती गर्न माग गर्नु भयो ।
क्लवका सल्लाहकार हिमलाल शर्माले विगत ५ बर्ष देखि क्लवले तिजको अवसरमा उक्त मेला आयोजना गर्दै आएको बताउनु भयो । भलिवल प्रतियोगितामा करिब २० टिम सहभागि हुने उहाँले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । त्यसै गरी मेलामा तिज गित प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता हुने भएको छ । मन्त्री बराललाई उक्त कार्यक्रममा पन्चे बाजा सहित भब्य स्वागत गरिएको क्लवले जनाएको छ ।