समाचार

पोखरा बाटुलचौरको विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट ५ मा

विन्ध्यवासिनी मावि
पोखरा, ३१ असार/ पोखराको बाटुलचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सर्वेक्षणमा पोखरा–१६ स्थित विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ विद्यालयभित्र परेको हो । आर्थिक वर्ष २०७३/०७४ देखि चालु आव २०७८/०७९ सम्म ५ वर्षको सर्वेक्षणमा देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयहरुलाई आधार लिइएको थियो । कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुदाँ आएको छ ।… पुरा पढौ

कास्कीका ९ जना बने वरिष्ठ अधिवक्ता

वरिष्ठ अधिवक्ता
पोखरा, ३१ असार/कास्कीका ९ जना कानुन व्यवसायीले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्चको बुधबारको बैठकबाट कास्की ९ जनाले वरिष्ठअधिवक्ताको उपाधि पाएका हुन् । वरिष्ठ अधिवक्ता पाउनेमा सुरेन्द्र थापा, मोहननाथ कोइराला, जगन्नाथ ढकाल, जनकबहादुर बोहोरा, दामोदर अधिकारी, मुकुन्दराज अर्याल, माधवराज बास्तोला, खगेन्द्रराज आचार्य र विष्णुकुशल भुजेल रहेका छन् । १५ वर्ष भन्दा बढि लामो समय कानुन व्यवसाय गरेका वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि दिदै आएको छ । पुरा पढौ

पोखराको फिर्केपुलबाट स्कुटर खस्यो

पोखराको फिर्केपुलबाट स्कुटर खस्यो
पोखरा, ३० असार/ पोखराको फिर्केखोलामा गएराती स्कुटर खसेको छ । बुधबार राती विन्द्यवासीबाट जिरो किलोमिटर तर्फ गएको ग ४ प ८३२५ नम्वरको स्कुटर फिर्केखोलापुल नजिकैबाट खोलामा खसेको हो । स्कुटर दुर्घटना हुदाँ स्कुटमा सबार दुई जना घाइते भएका छन् । घाइतेहरुको सहारा अस्पतालमा उपचार भएको छ ।स्कुटरमा सवार २ जना मध्ये एक जना अल्लीबढि घाइते भएको प्रहरीले बताएको छ । यसअघि पनि सो क्षेत्रमा पटक/पटक दुर्घटना हुने गरेका छन् । फराकीलो सडक तर साघुरो पुलका कारण दुर्घटनाहरु हुने गरेको प्रहरीको… पुरा पढौ

प्याराग्लाइडिङ व्यवसायीको माग, ‘पोखरामा दुई घण्टा प्याराग्लाइडिङ गर्न छुट्याउ’

प्याराग्लाइडिङ व्यवसायीको माग, ‘पोखरामा दुई घण्टा प्याराग्लाइडिङ गर्न छुट्याउ’
पोखरा, ३० असार/ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएकोले अग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एकदेखि विमानस्थल सञ्चालन गर्ने तयारीमा छ । त्यही अनुसार पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङलाई भने समस्या परेको छ । प्राधिकरणले व्यवसायीलाई पोखरा भन्दा अन्य ठाउँबाट प्याराग्लाइडिङ गर्नु पर्ने बताइरहेका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल अग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने तयारी छ । विमानस्थल सञ्चालन सगैँ प्याराग्लाइडिङको पोखरा १८ सराङकोटबाट हट्नु पर्ने होकी भन्दै व्यवसायीहरु चिन्तामा छन् ।… पुरा पढौ

उडिरहेको जहाजमा यात्रुले चुरोट तान्ने पक्राउ

बुद्ध एयर
२९ असार, धनगढी/ बुधबार काठमाडौंबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक जना पक्राउ परेका छन् । उडान नम्बर २५३ बाट अपरान्ह धनगढी उडेको जहाजका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेका थिए । जहाज धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको बुद्ध एयरका कर्मचारीले जानकारी दिए । प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि थप अनुसन्धान गरीरहेको जनाएको छ । जहाजमा सलाई,… पुरा पढौ

आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण

आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण
पोखरा २८ असार/ सुरक्षाकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धी एक दिने अभिमुखिकरण मंगलबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना एवं कोशिश र सिबिएम ग्लोवलको आयोजनामा मानवअधिकार, मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण भएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुबेदीले मानव अधिकार र मानसिक स्वास्थयको बारेमा कार्यपत्र प्रस्तुत गदै मानवअधिकारको दायरा ब्यापक भएको भन्दै मानव मानव बिचमा समानता कायम हुनुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्य र मानव अधिकारबीच अन्तर सम्बन्ध… पुरा पढौ

फेसबुकमा नाबालिकाको तस्बिर प्रयोग गरी चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं, २८ असार/ सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका ६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका ३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको हो । नाबालिकाहरूको फेसबुक एकाउन्ट खोली अश्लिल शब्द प्रयोग गरी पीडित नाबालिकाहरुको आफन्त तथा साथीभार्इलाई सामाजिक सञ्जालमा पठाउने तथा नावालिकाहरुको सार्वजनिक रुपमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको खुलेपश्चात… पुरा पढौ

श्रीपति समाजसेवा पुरस्कार पदम भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई

श्रीपति समाजसेवा पुरस्कार भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई
पोखरा, २८ असार/ श्रीपति कोइराला गुठी पोखराले सञ्चालन गरेको श्रीपति समाजसेवा पुरस्कार २०७९ र श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । श्रीपति समाजसेवा पुरस्कारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना बृद्ध सेवाश्रमलाई प्रदान गर्ने भएको छ । त्यसै गरी यसै वर्षबाट स्थापना गरिएको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट कृष्णप्रसाद बास्तोलाई सम्मान गरिने पोखरा आयोजीत पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले जानकारी दिए । गुठीले ११५ औ श्रीपति जयन्तीको आवसरमा पुरस्कार घोषणा गरेको हो । श्रीपति समाजसेवा पुरस्कारको राशि… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– अस्ट्रेलियन राजदूत भेट, संघीयता सुदृढीकरणमा सहकार्य गर्ने

मुख्यमन्त्री पोखरेल– अस्ट्रेलियन राजदूत भेट
पोखरा, २८ असार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र नेपालका लागि अस्ट्रेलियका राजदूत फ्यालिसिटी भोल्कबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीकै कार्यकक्षमा भएको भेटघाटमा समसामयिक विषयसहित नेपालको संघीयता कार्यान्वयनका क्रममा देखिएका सबल पक्ष र दुर्बल पक्षका बारेमा उनीहरुबीच कुराकानी भएको छ । मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टे«लिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे । उनले भने, ‘गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अस्टे«लियाको सहयोग हाम्रा लागि अपेक्षित छ । यहाँको भ्रमणले… पुरा पढौ

चार सामुदायीक विद्यालयलाई बस हस्तान्त्ररण, सामुदायिक विद्यालयलाई सुधार गर्छौः मेयर आचार्य

पोखरा, २७ असार/ पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था हेर्दा कास्की बाहेक ६५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्ने तर पोखरामा झण्डै ८५ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढ्ने अवस्था आउनुको पछाडिको कारण खोजिने र सुधार गरिने उनले… पुरा पढौ