समाचार

पोखरामा साउन पहिलो रोजगार मेला

पोखरामा साउन पहिलो रोजगार मेला
पोखरा, ३ साउन/ पोखरामा जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । साउनको ६ गते देखी तीन दिन सम्म सञ्चालन हुने मेलाको आयोजना शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले आयोजना गर्न लागेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका विषयमा विद्यार्थीलाई परामर्श, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदार उपलब्ध गर्ने उद्देश्यल मेला गर्न लागेको गण्डकी शिक्षा संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले… पुरा पढौ

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन डीएसपीमा बढुवा

बाबुछोरा एकै दिन डीएसपीमा बढुवा
उजिर कार्कीकाठमाडौं, ३ साउन /सोमबार नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भएर इतिहास बनाए । सिफारिस भएकामध्ये ३४ जना जनपदतर्फ र ३ जना प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उप समूह, आवास तथा भौतिक इन्जिनियरिङ तर्फका हुन् । बढुवा सिफारिस सूचीको ३१ औँ नम्बरमा राजेन्द्र अधिकारी छन् ।… पुरा पढौ

शौचालयका लागि पोखरा महानगरको आह्वान, ईच्छुकलाई महानगरमा सम्पर्क गर्न आग्रह

शौचालयका लागि पोखरा महानगरको आह्वान
पोखरा, ३ साउन/ पोखरा महानगरपालिकाले बैंक वित्तीय संस्था, होटल, रेष्टुरेन्ट, ईच्छुक व्यक्ति लगायतलाई सहरी क्षेत्रमा सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिन सार्वजतिक आह्वान गरेको छ । शौचालय सवंसाधारणहरुलाई प्रयोग गर्नदिन महानगरले आह्वान गरेको हो । महानगरले शौचालय उपयोग गर्न दिनेहरुलाई महानगरबाट उपलब्ध हुने सेवा, सुविधामा प्राथमिकता दिने नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ । शौचालयामा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्रीमा महानगरले लागत सहभागिता दिने सोमबार जारी विज्ञप्तीमा उल्लेख छ । शौचालयमा पहिचानयुक्त लोगो वा संकेत राख्ने गरी कार्यपालिकाबाट निर्णय भएको… पुरा पढौ

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो !
बुटवल, ३ साउन/ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर लगेका छन् । लामो समयदेखि पानी नपरेपछि पानी पर्ने विश्वासमा जनप्रतिधिलाई बाँधेर किसानहरुले मन्दिर लगेका हुन् । किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पु¥याएको बताए ।… पुरा पढौ

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो

पोखरा महानगपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा बनाइएका २६ छाप्रा हटाइयो
पोखरा, २ असार/ पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अबैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ति छाप्रा भत्काइएको उनले बताए । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा… पुरा पढौ

पोखरामा नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पक्राउ

पोखरामा नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पक्राउ
पोखरा, २ साउन/ कास्की प्रहरीले नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । असार ३१ गते पोखरा ८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको २ वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोज्नेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन माडी नगरपाकिला ८ बसन्तपुर घर भई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ बर्षिय धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपाकिला ४ रापाकोट घर भई पोखरा १६ घर्मी बस्ने ४० बर्षिय डिल बहादुर बिक… पुरा पढौ

पोखरामा दुई यात्रुवहाक सवारी ठोक्किँए

पोखरामा दुई यात्रुवहाक सवारी ठोक्किँए
पोखरा, २ साउन/ पोखरामा आइतबार दिऊसो दुई यात्रुवाहक सवारी ठोक्किँदा १७ जना घाइते भएका छन् । पोखराको ड्यामसाइडमा राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग१ख ३७९० नम्वरको नगर बस र विपरित दिशाबाट आइरहेको ग१ज ३४१७ नम्वरको मिनी माइक्रो ठोक्किँदा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका घाइतेहरुमध्य गण्डकी मेडिकल कलेजमा १२ जना र नमस्ते हस्पिटलमा ५ जनाको उपचार भएको छ । उनीहरुमध्ये १२ जना मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । बसले आफ्नो लेन क्रस गरेर मिनी… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, १ साउन/ पोखरा महानगपालिकाको गेट नजिकै रहेको एटिम मेसिन फोर्न खोज्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । न्यूरोडमा रहेको एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोज्ने रुकुम स्थायी घर भई हाल जिल्ला कास्की पोखरा ९ पृथ्वीचोक बस्ने १९ बर्षिय नरेश पुन मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते पक्राउ गरेको हो । मगरलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ । पुरा पढौ

पोखरामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पोखरामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ साउन/ कास्की प्रहरीले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पोखरा ५ लब्लीडाडाँबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा १३ बस्ने २४ बर्षिया खिमबहादुर विकलाई मध्ये रातामा पक्राउ गरेको हो । १३ वर्षकी नावालिकालाई ललाई फकाई गरी असार ३१ गते राति १० बजेको समयमा पोखरा ५ लब्लीडाँडामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रवक्ता प्रहरी निरिक्षक ज्ञान बहादुर खड्ककाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले असार ३२ गते… पुरा पढौ

पोखराको बगालेटोलमा युवती मृत फेला

पोखरा, १ साउन/ पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा एक युवती मृत फेला परेकी छन् । घरमै २२ वर्षिया सुमना खनाल मृत भेटिएकी हुन् । पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत खनालका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका प्रहरीले जानकारी दिएको छ । उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । शवको अवस्था शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ । पुरा पढौ